site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कटुवाललिखित ‘रेडलाइट’ सार्वजनिक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । उपन्यासकार हरि कटुवाल लिखित उपन्यास ‘रेडलाइट’ सार्वजनिक गरिएको छ ।  कटुवालको यो दोस्रो उपन्यासकृति हो । यसअघि ‘अधुरो सपना’ उपन्यास लेखेका कटुवालले समाजिक यथार्थवादी दोस्रो उपन्यास बजारमा ल्याएका हुन् । उपन्यासमा वेश्यावृत्ति र महिला हिंसाका घटनासहित सामाजिक कुरीतिका विषयमा समेटिएको छ ।

उपन्यासकार कटुवालका अनुसार रेडलाइट उपन्यासमा उनले कथाको परम्परागत शैलीभन्दा विषयवस्तुको प्रभावलाई बढी महत्त्व दिएका छन् । राइटर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय २५ रहेको छ । गीत लेखनमासमेत कलम चलाउने कटुवालको नयाँ गीत ‘नाचौं छमछम’ यसै महिना युट्युबमा आएको छ ।
 
 

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १५:४६
प्रतिक्रिया दिनुहोस्