
हरेकको जिन्दगीमा साथीहरु हुन्छन् । साथीहरुसँग कहिले हाँसिन्छ कहिले सानोतिनो कुरामा पनि मनमुटाव हुन्छ । जसका कारण धेरै दिनसम्म पनि नबोली बस्छन् । तर ती कैंयौ साथीहरुबीच एक त्यस्तो मिल्ने साथी हुन्छ जोसँग हामी एकअर्काका हरेक कुरा सेयर गर्न सक्छौं ।
आम मानिसका जस्तै बलिउड सेलिब्रेटीहरुको पनि खास साथीहरु छन् । धेरै पुराना सम्बन्धहरु- जहाँ उनीहरुबीचमा सानोतिनो कुरामा झगडा पर्यो र केही समय नबोली बसे । तर, धेरै लामो समय नबोली रहन सकेनन् र फेरि मल्ने साथी भएका छन् । यहाँ तीनै आठ बलिउड बेस्टफ्रण्डहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।
सलमान खान र शाहरुख खान
बलिउड सेलिबे्रटीहरुको बेस्ट फ्रेन्डको कुरा आउँदा सलमान र शाहरुखको नाम अग्रस्थानमा आउँछ । तर केही कारणवश दुबैजना केही समय एकअर्कासँग बोलेका थिएनन् । सलमान र ऐश्वर्या राय बच्चनको ब्रेकअपपछि ऐश्वर्या शाहरुखको चलचित्रमा काम गरिरहेकी थिइन् । जसले रिसले चुर सलमान शाहरुखको चलचित्र सेटमा गएर हंगामा गरेका थिए । यसपछि शाहरुख र सलमानको मित्रतामा केही टाढापन आयो ।
यत्तिमात्रै नभई सन् २००८ मा कट्रिना कैफको पार्टीमा नशामा मात्तिएका दुवैबीचत एकपटक फेरि झगडा गरे । यो घटनापछि भने यी दुई किंगबीच लामो समयसम्म दरार आयो ।
तर करिव ६ वर्षपछि सन् २०१४ मा बाबा सिद्दिकीको हफ्तार पार्टीमा दुवैले लामो समयको चिसोपनलाई बिर्सेर पुन मित्रताको हात अगाडी बढाएका थिए । अहिले सलमान र शाहरुख कार्यत्रमहरुमा पनि सँगै देखिन थालेका छन् ।
करण जोहर र काजोल
अभिनेत्री काजोल र निर्देशक करणको मित्रता चलचित्र ‘कभी खुशी कभी गम’को सेटबाट भएको हो । यी दुईजनाकोे मित्रता यति गहिरो थियो की करणको हरेक चलचित्र काजोल बिना बन्दैन थियो । भने काजोलको घरमा हुने हरेक उत्सवमा करण सामेल हुन्थ्यो ।
तर श्रीमान अजय देवगनको चलचित्र ‘शिवाय’ र साथी करणको चलचित्र ‘ऐ दिल है मुश्किल’ को रिलिजपछि भने यी दुईबीचको मित्रतामा दरार आएको थियो । दुवै चलचित्र एकै मितिमा रिलिज हुने भएपछि काजोलले आफनो श्रिमानको साथ दिएर करणसँग वोलचाल नै बन्द गरेकी थिइन् ।
करणले पनि आफनो बायोग्राफी कितावमा काजोलको कहिँकतै पनि नाम राखेका थिएनन् । तर करणले आफनो कितावमा काजोलको नाम नराखेकोमा एक नेशनल टेलिभिजनमै माफी मागेपछि भने यी बेस्टफ्रेन्ड विचको समबन्ध पुन सुधार भएको छ । अहिले करण र काजोल पुन पहिलेकै जस्तो गहिरो साथी बनेका छन् ।
अजय देवगन र रोहित शेट्टी
अजय र रोहित बच्चाका साथीहरु हुन् । यही कारण होला रोहितका चलचित्रमा अजय लिड रोलमा देखिन्छन् । तर चलचित्र ‘दिलवाले’मा रोहितले शाहरुखलाई लिडमा लिएपछि यी दुईको मित्रतामा चिसोपन आएको थियो ।
तर‘दिलवाले’ फ्लप चलचित्रको लिस्टमा सामेल भयो । चलचित्रको असफलतासँगै रोहितले आफना पुरानो साथी अजयलाई सम्झिएका हुन् । रोहितले भने, “अजयले मलाई त्यो बेला साथ दिएका थिए, जव मेरो चलचित्रहरु असफल भैरहेका थिए । अजयले मलाई विश्वास गरेर मेरो कयौं चलचित्रहरु असफल हुँदा पनि मेरो चलचित्रमा काम गरिरहे ।”
रोहितको यो भनाईसँगै अजयले पनि पुराना नराम्रा कुरा बिर्सेर उनको र रोहितको मित्रता अटुट रहेको बताएका थिए ।
फराह खान र शाहरुख खान
शाहरुख र फराहको मित्रता त बलिउडमा सबैभन्दा उदाहरणीय र गहिरो मानिन्छ । दुबै एकअर्काको चलचित्रको हिस्सा मानिन्छन् । तर केही समयअघि फराहका श्रिमान शिरिष कंदरको चलचित्र शाहरुखले गर्न नमानेपछि फराहले शाहरुख सँगको आफनो गहिरो मित्रताबाट हात झिकेकी थिइन् ।
करिव पाँच वर्षपछि शाहरुख र फराहको ‘कोल्ड वार’ समाप्त भएको छ । खबरका अनुसार फराह आफनो आगामी चलचित्र ‘सत्ते पे सत्ता’ को रिमेकमा शाहरुखलाई मुख्य रोलमा राख्ने भएका छन् ।
सलमान खान र संजय दत्त
सलमान र संजय ‘बेस्ट फ्रेण्ड’ हुन् । तर संजयले उदघोष गरिरहेको रियालिटि शो ‘बिग बोस’मा सलमान आउन थालेपछि भने यी दुईबीचको मित्रतामा तगारो आएको भन्दै मिडिया र बलिउड जगतमा कुरा चलेको थियो ।
तर संजय जेलमा हुँदा सलमान समयसमयमा उनलाई भेट्न गएको क्रियाकलापले भने यी दुईबीचको सम्बन्धमा चिसोपन नआएको प्रमाणित गरेको थियो । संजयले पनि उनीहरुको मित्रतालाई लिएर आएको प्रश्नको जवाफ दिँदै सलमान उनको मिल्ने साथी भएको र सधैं रहिरहने बताएका थिए ।
अनुष्का शर्मा र कट्रिना कैफ
बलिउड सुन्दरी अनुष्का र कट्रिनाको मित्रता बलिउड र मिडिया कोहीबाट पनि लुकेको छैन् । दुबैले चलचित्र ‘जब तक है जान’ र ‘जीरो’ मा सँगै काम पनि गरेका छन् । र चलचित्र सँगै थुपै च्याट शोमा पनि यी दुई बेस्ट फ्रेन्डले एक–अर्काको तारिफ गर्नमा पनि पछि पर्दैनन् ।
तर कट्रिनाको मेकअप आर्टिस्टले उनलाई छोडेर अनुष्कासँग काम गर्न थालेपछि कट्रिना अनुष्कासँग निकै रिसाएकी थिइन् । तर चलचित्र जीरोमा सँगै काम गरेसँगै कट्रिनाको अनुष्काप्रति रिस सेलाएको हो ।
अर्जुन कपूर र रणवीर सिंह
अर्जुन र रणवीरको मित्रता बलिउड यात्रा सुरु हुनुअघिदेखि नै थियो । तर चलचित्र ‘गुण्डे’मा सँगै काम गरेपछि भने यी दुईबीच ‘इगो प्रोब्लम’ले गर्दा मित्रतामा केही खतपट हुन सुरु भयो ।
तर एकअर्काबीच टाढिएको केही समयपछि नै यी दुईले एकअर्काकाको कमी महसुुस गर्न थाले । अन्तत यी दुई पुन गहिरो साथी बने ।
पछिल्लो समय यी दुईजनाको जोडी अर्वाड शो, च्याट शो र सामाजिक सञ्जालहरुमा एक अर्काको खुट्टा तान्दै मित्रतालाई अझै प्रगाढ बनाउने कोशिसमा छन् । दुवैले कार्यक्रमहरुमा बोल्दै “ऐ दोस्ती हाम कभी नहिं तोडेंगे” भन्दै आफनो मित्रताको गाढापन देखाउदै आइरहेका छन् ।
सलमान खान र प्रीति जिन्टा
सलमानको बलिउडमा सबैभन्दा मिल्ने साथी भनेको अभिनेत्री प्रीति जिन्टा हुन् । जब प्रीतीले अभिनय छोडेर निर्माणमा हात हाल्ने निर्णय लिइन् त्यो समयमा सलमान उनको साथ खडा भए ।
प्रीतिले चलचित्र ‘इश्क इन पेरिस’ निर्माण गर्दा उनी आर्थिक संकतमा परेकी थिइन् । आर्थिक संकटका कारण चलचित्र निर्माणमा र रिलिजमा निकै ढिलाइ भएको थियो । त्यो अप्ठ्यारो समयमा सलमानले प्रीतीलाई आर्थिक सहयोग गरि चलचित्र रिलिज पनि गर्न सहयोग गरेका थिए ।
सलमानको यस्तो गाढा मित्रताकालागि प्रीतीले सलमान एक मात्र त्यस्ता व्यतिm हुन जो हरेक समय उनको साथ चट्टानको रुपमा अडिग भएका हुन भन्दै सलमानको मित्रताको तारिफ गरेकी छिन् । यी दुईबीचको मित्रतामा अहिलेसम्म पनि केही खटपट आएको छैन् ।