
– किशोर सापकोटा
विवेकले ढोका खोल्यो । दीक्षा ढोकासामु देखा परी— रातो रंगको बिकिनीमा । एउटा हात अझै डोरबेल बटनमै अडिएको थियो । अर्को हातमा क्यामेरा झुन्डिएको । कहिले नजर मिले, कहिले नजर हटे । केही क्षण चुपचाप रहे । शरीर पूरै ढाक्ने कपडा लगाउने केटीलाई जीवनमा पहिलो पटक बिकिनी लगाउँदा शायद संकोच भयो होला ।
होटलको कोठासामु बिकिनी युवती हाजिर भएकी छे । विवेकलाई के गरौं, कसो गरौं भयो होला । ऊ त दीक्षालाई गम्लङ्ग अँगालोमा बाँध्न चाहन्थ्यो । भुल्न चाहन्थ्यो, यो दुनियाँ । तर, शरीर स्थिर रह्यो । बोली फुटेन ।
“सर, सी बिचतिर डुल्न जाऊँ न,” दीक्षाले नै कुरा शुरु गरी ।
बल्ल बिकिनीमा आउनुको अर्थ बुझ्यो । अलि सहज महसुस ग¥यो ।
“एक मिनेट, तयार भइहाल्छु,” हतार–हतार ढोका लगायो ।
केही क्षणमै उनीहरू सी बिच पुगे । दीक्षाले फोटोका लागि फटाफट कामुक पोजहरू दिई । विवेकको मनमा ज्वारभाटा चल्यो ।
“इन्स्टामा हाल्नु छ, राम्रो फोटो खिचिदिनू है सर,” दीक्षाले समय–समयमा विवेकलाई सम्झाइरही ।
विवेकले बिकिनी लेडीलाई लेन्सबाट ओल्टाइपल्टाई गरेर हे¥यो । भर्खर टिनएज पार गरेकी युवतीको शरीर, जोसुकैलाई पनि काउकुति लगाउने ।
समुद्रको छालसँग दीक्षा जिस्किरही । छालले बिकिनीका त्रिभुजीय लफेटाहरूलाई कताकता फर्काइरहे । सकेसम्म सम्हाल्न दीक्षाले प्रयास गर्थी तर सक्थिन । जब–जब बिकिनीका लफेटाहरूले ठाउँ छाड्थे, विवेक अझ ध्यान दिएर हेथ्र्यो । दीक्षालाई बिकिनी सम्हाल्न जति गाह्रो भएको थियो, त्योभन्दा बढी गाह्रो विवेकलाई मन सम्हाल्न भएको थियो ।
ऊ घरिघरि अर्कोपट्टि फर्किन्थ्यो । हाफपाइन्टको गोजीमा हात हाल्थ्यो । जिउलाई सकेसम्म अर्रो बनाउँथ्यो । अनियन्त्रित हुँदै गएको मन र अंगलाई नियन्त्रण गर्न खोज्थ्यो ।
जता फर्किए पनि शरीरमा उत्तेजना थप्ने दृश्यमात्रै । बालुवामा लडिबुडी गरिरहेका विदेशी युवायुवती । प्रेमिकाको शरीरमा बालुवा दलिदिने बहानामा पूरै अंगप्रत्यंगमा हात डुलाइरहेका प्रेमीहरू । प्रेमिकालाई काखमा राखेर ओठमा ओठ जोडी निस्फिक्री चुम्बन बर्साइरहेका । छातामुनि टाउको लुकाएर सेवा दिने (अम्ब्रेला क्याबिन) गर्लहरूको पनि बाक्लै उपस्थिति । लाग्थ्यो— सी बिच समागमका लागि वार्मअप क्रिडामा व्यस्त छ । कसैलाई कसैको परवाह छैन । अझ कतिपय युवती त मोनोकिनीमा थिए ।
सी बिचमा आउने सबैले वाक्सिड गरेर आउँदा रहेछन्— विवेकले विदेशी युवतीहरूको शरीर नियालेपछि मनमनै भन्यो ।
अधिकांश विदेशी केटीहरूका शरीरमा ट्यान लाइन थिए । दीक्षाको शरीर नियाल्यो । कुनै ट्यान लाइन थिएन ।
श्रीलंकाकोे समुद्री किनारमा रहेको नेगोम्बोमा शहरमा थिए उनीहरू । एक सेमिनारमा सहभागी हुन गएका । घर छाडेदेखि अधिकांश सहकर्मी साथीहरू विवाहेत्तर सम्बन्धमा रमाउँदै गरेको विवेकले देखिरहेको थियो । ऊ कसैको वास्ता गर्दैनथ्यो । तर, उसका सहकर्मीहरू भने एक–आपसमा कुरा गर्दा आफूहरूलाई पानीमाथिको ओभानो देखाउँथे । विवेक र दीक्षाको नै कुरा काट्थे । जसले कुरा काटे पनि विवेकलाई बाल मतलब छैन ।
“यिनीहरूका कुरा मनमा बिझेर रुने मेरी पत्नी छैन, मलाई के मतलब ?” विवेक यस्तै सोच्थ्यो ।
यस्तो समय पनि थियो— विवेक पनि अरूले कुरा काट्छन् कि भनेर सचेत हुन्थ्यो । ऊ आफ्ना कारण पत्नीले कतै शीर निहुराउन नपरोस् भन्ने ठान्थ्यो । तर, पत्नीको निधनपछि ऊ समाजसँग डराउन छाड्यो । कसैले कुरा काट्लान् भनेर चिन्ता गर्न पनि बिर्सियो ।
कार्यालयमा धेरै पुरुषहरू विवेकको डाहा गर्छन् । कारण एउटै छ— ऊ हरेक महिला कर्मचारीमाझ आँखाको नानीझैं प्यारो छ । विवेकले वास्ता गरुन्जेल महिलाहरू अरूको नजिक पर्दैनन् ।
विवेकसँग महिला सहकर्मीहरू किन नजिकिन्छन् ? पुरुषहरूलाई थाहा हुने कुरा भएन । महिलाहरूले बताउने कुरा भएन । विवेकसँग महिलाहरू नजिकिनुको एउटै कारण थियो— केयरिङ पर्सनालिटी ।
विवेक जोसँग नजिकिन चाहन्थ्यो, ती महिलाहरूको स्वभाव र रुचिबारे अध्ययन गथ्र्यो । विवाहितहरूसँग घरपरिवारका कुरा गथ्र्यो । अविवाहितहरूसँग करिअरका । जीवनोपयोगी सल्लाह–सुझाव दिन्थ्यो । मिलेसम्म महिला मित्रहरू घर पुगे÷नपुगेको जानकारी लिन्थ्यो । परिआएका समस्याको समाधान गरिदिन्थ्यो । शुभप्रभात र शुभरात्रिका लागि कामना गर्दै सन्देश पठाउन बिर्सिंदैनथ्यो । ऊ महिला मित्रहरूको जीवनमा यति बिस्तारै–बिस्तारै प्रवेश गथ्र्यो कि आफ्नो अभिन्न अंगजस्तो बनिसकेपछि मात्रै उनीहरू महसुस गर्थे ।
विवेकले आफ्नी पत्नीको निधनपछि कसैसँग विवाहबारे सोचेन । केही महिला सहकर्मीले ‘म मेरो पतिलाई डिभोर्स दिएर तपाईंसँग विवाह गर्छु’ समेत भनेका थिए तर अस्वीकार ग¥यो ।
“मसँग रमाइलो गर्नुहोस् तर मलाई नबाँध्नुहोस्,” विवेक सम्झाउँथ्यो ।
कुनै पनि महिलालाई पति वा परिवारसँग छुट्ट्याएर आफूप्रति आकर्षित गर्न चाहँदैनथ्यो ।
“तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ समाहित गर्नुहोस्, मेरा लागि छुट्टै स्थान नबनाउनुहोस्,” ऊ महिलाहरूलाई भन्ने गथ्र्यो ।
पत्नीको निधनपछि उसको जीवनमा धेरै महिलाहरू आए र गए । थुप्रै अविवाहित युवतीहरू पनि । आफ्नो सम्बन्धमा आएका युवतीलाई एउटा अभिभावकले झैं विवाह गरेर बिदाइ गथ्र्यो । केही युवतीहरू विवाहको अघिल्लो रात पनि विवेकको छातीमा टाँसिएर रोइरहेका हुन्थे ।
“तपाईंलाई एक्लै छाडेर विवाह गर्दिनँ,” धेरैले यसै भन्थे ।
“मलाई त एउटा ट्रान्जिटसम्म पुग्ने साधनमात्रै ठान्नू,” विवेकले सम्झाउँथ्यो, “तिम्रो गन्तव्य धेरै टाढासम्मको हो ।”
कहिलेकाहीँ अलि नबुझ्ने केटीहरूलाई ऊ सरल भाषामा सम्झाउँथ्यो, “काँकडभिट्टा जाने बस पाइएन भने हामी नारायणगढसम्म एउटामा जान्छौं र त्यहाँबाट अर्को बस समात्छौं,” विवेक भन्थ्यो, “हो, म भनेको नारायणगढसम्म मात्रै चल्ने बस हुँ, तिमीहरूको गन्तव्य काँकडभिट्टा हो ।”
दीक्षा कार्यालयमा आएदेखि भने विवेकको मन उल्टो बग्न थालेको थियो । यसको एउटै कारण थियो— विवेककी छोरी स्मिता दिनदिनै हुर्किंदै थिई ।
“अब छोरी हुर्किएपछि विवाह गरेर जान्छे, अनि त म घरमा एक्लो हुन्छु,” विवेक मनमनै सम्झन्थ्यो, “घरमा एक्लो त कसरी बाँच्न सकिएला र ?”
तर, विवेक द्विविधामा थियो । भर्खर टिनएज पार गरेकी दीक्षालाई आफ्नी बनाएर उसको जीवन कसरी बर्बाद गरिदिनू ? अर्कोतिर दीक्षाभन्दा उत्तम विकल्प पनि ऊसँग थिएनन् ।
पछिल्लो समयमा विवेकको लागि दीक्षा सबैभन्दा नजिक थिई तर दीक्षाले उसलाई कति नजिक ठानेकी छे, परीक्षण गरेको थिएन ।
सी बिचबाट फर्किएपछि दीक्षा आफ्नो कोठातर्फ लागी । विवेक कोठामा गएर पल्टियो । दीक्षाको बारेमा सोचिरह्यो । एकमन त दीक्षालाई कोठामा बोलाऊँ जस्तो पनि भयो । तर, कल गरिहाल्न सकेन । इन्स्टा खोल्यो । दीक्षाले फोटो पोस्ट गरिसकिछे । कसैले आफूलाई हेरिरहेको त छैन भनेर आश्वस्त हुन यताउति हे¥यो । कोही छैन भन्ने भएपछि हरेक फोटोलाई जुम गरेर हे¥यो । शरीरमा काउकुती लाग्यो । आफूलाई नियन्त्रण गर्न गाह्रो भएजस्तो भयो । मोबाइल बोकेर बाथरुमतर्फ दौडियो । कमोडमा बस्यो । देव्रे हातले मोबाइल जुम गर्दै फोटो हे¥यो । दाहिने हात बिस्तारै सल्बलाउन थाल्यो ।
त्यही बेला कोठाको रिङबेल बज्यो । उसले वेवास्ता ग¥यो । ऊ रोकिन सक्ने अवस्थामा थिएन । जब ऊ शान्त भयो, दीक्षाको टेक्स्ट आयो, “कोठामा आएकी थिएँ, ढोका उघ्रिएन । फर्किएँ ।”
आफैंलाई धिक्का¥यो । हतारिएर बाथरुममा पसेकोमा पछुतायो । अब बोलाउनुको कुनै अर्थ थिएन । तत्कालै सक्रिय हुन सक्दिनँ कि भन्ने शंका थियो मनमा ।
यो सेमिनारको अन्तिम दिन थियो । राति अबेरसम्म रिसेप्सन चल्यो । सबै रिसेप्नसमा व्यस्त भएका बेला विवेकले वाकिङमा जान प्रस्ताव ग¥यो । समुद्री किनारमा छालको मात्रै आवाज सुन्दै उनीहरू हिँडिरहे । नरिवलका रुखको छायाले सी बिचमा अमूर्त चित्रहरू बनेका थिए ।
बिचमा हिँडिरहेका बेला विवेकले बिस्तारै दीक्षाको हात समात्यो । सहज ढंगले उनीहरू अलि परसम्म गए ।
“कुनै असजिलो त भएको छैन नि ?” विवेकले मन चोर्न खोज्यो ।
“मलाई त छैन, तपाईं मेरो लागि भरपर्दो अभिभावक हो,” दीक्षाले सहजै भनी ।
‘अभिभावक’ शब्द कताकता विवेकलाई बिझायो तर केही भन्न सकेन । नराम्रो सोच्ने हो कि भनेर आफैंलाई अलि सम्हाल्यो । बरु दीक्षाले नै विवेकको हात समाइरही ।
“तिम्रो र मेरो बारेमा कर्मचारी साथीहरूले कुरा काट्छन् भन्ने तिमीलाई नोटिस भएको छ ?” फर्किएर होटल आइपुग्ने बेलामा फेरि विवेकले सोध्यो ।
“मेरो जीन्दगी, मेरो निर्णय,” विवेकको नजरमा नजर मिलाएर दीक्षाले भनी, “अरूको म किन चासो राखूँ ? म कति अलग पात्र छु भन्ने बिस्तारै बुझ्दै जानुहुन्छ ।”
दीक्षाको बारेमा सोचेर नै विवेकको रात कट्यो ।
“ग्रिनलाइट बलिसकेको अवस्था हो, मैले नै सावधानीसाथ स्पिड बढाउनुपर्छ,” उसले निष्कर्ष निकाल्यो ।
नेपाल फर्किएपछि दीक्षालाई कसरी घरसम्म बोलाउने र प्रभावित बनाउने भन्नेबारेमा सोच्यो । केही महिनामै राम्रो मौका मिल्यो । छोरी स्मिताको २० औं जन्मदिन ।
मनमा त दीक्षालाई मात्रै जन्मदिनको पार्टीमा बोलाउन मन थियो । तर, सहजताका लागि सबै कर्मचारीलाई बोलायो ।
विशाल बंगाला र आकर्षक सजावट । भव्य पार्टी । सहकर्मी कर्मचारी त चकित परे । दीक्षा प्रभावित भई । विवेकले दीक्षालाई निकै महत्व दिएर छोरीसँग चिनजान गराएको थियो । योजना सफल भयो । पहिलो भेटबाटै दीक्षा र स्मिता निकट साथी बने । विवेकको खुशीको सीमा रहेन । दीक्षालाई विवेकको घरसम्म आउजाउ गर्ने बाटो खुल्यो । धेरै पटक दीक्षालाई बेहुली बनाएर घरमा भित्र्याएको सपना पनि देख्यो । तर, यो तत्कालै सम्भव थिएन ।
विवेक आफ्नो लागि जीवनसाथी त चाहन्थ्यो तर छोरीका लागि सौतेनी आमा चाहँदैनथ्यो । मनभरि द्विविधा भरिएको थियो । विगतमा स्मिताले ‘विदेश पढ्न जान्छु’ भनेर जिद्दी गर्थी । सधैं रोक्ने गथ्र्यो । भन्थ्यो, “तिमी गएपछि म एक्लै हुन्छु । मेरो आँखाभन्दा टाढा नजाऊ ।”
बुवाको चित्त दुखाएर ऊ पनि विदेश उड्न चाहिन । फाट्टफुट्ट यो विषय उठ्थ्यो र सकिन्थ्यो ।
“मलाई विदेश जान दिनू न,” स्मिताले भन्ने गर्थी, “म सानी हुन्जेल सौतेनी आमा भित्र्याउनुभएन, अब त ठुली भइसकें । तपाईंलाई पनि कोही न कोही जीवनसाथी चाहिन्छ भनेर आफैं बुझ्ने भएकी छु ।”
तर, विवेकले निश्चय नै गरेको थियो— छोरी यही घरमा रहुन्जेलसम्म उसकी सौतेनी आमा भित्र्याउँदिनँ ।
विवेकका लागि आफ्नोभन्दा पनि छोरीको खुशी महत्वपूर्ण थियो ।
“बाबा, मैले अमेरिकाको एउटा राम्रो युनिभर्सिटीमा फुल स्कलरसिप पाएकी छु, तपाईंले अनुमति दिनुहुन्छ भने जान चाहन्छु,” एक साँझ स्मिताले भनी ।
विवेकले छोरीको अनुहार हे¥यो । निकै उत्साही थिई । त्यो साँझमा दीक्षा पनि विवेकको घरमा पाहुना थिई । विवेकले दीक्षाको मन पढ्न अनुहार हे¥यो । हाउभाउबाट बुझ्यो— दीक्षा पनि स्मितालाई पठाइदिऊँ भन्ने पक्षमै हुनुपर्छ ।
“तिम्रो खुशी यसमै छ भने म पनि खुशी नै हुन्छु,” विवेकले निर्णय सुनायो ।
स्मिता खुशीले उफ्रिई । गम्लङ्ग बुवालाई अँगालो हालेर माया गरी । बुवाको अँगालोबाट छुट्टिएर दीक्षालाई अँगालो हाली । केही सम्झिएझैं दौडिई आफ्नो कोठातर्फ । लिभिङ रुममा विवेक र दीक्षामात्रै बाँकी रहे ।
“छोरी पनि अमेरिका गएपछि म एक्लो हुने भएँ,” विवेकले दीक्षालाई इमोसनल ब्ल्याकमेलिड ग¥यो ।
दीक्षा विवेकको छेउमा रहेको काउचमा सरी । विवेकलाई बिस्तारै सुम्सुम्याई । आँखामा आँखा मिलाई ।
“सर, तपाईं स्वीकार गर्नुहुन्छ भने म तपाईंको परिवारको सदस्य हुन चाहन्छु,” थोरै लजाएर भनी ।
आफ्नो मनको कुरा दीक्षाको मुखबाट सुन्दा विवेक खुशीले गदगद भयो ।
“ह्वाइ नट, स्योर ।”
दीक्षाले विवेकलाई गम्लङ्ग अँगालो हाली । निधारमा माया गरी । विवेक बोल्न पनि नपाउँदै दौडिई स्मिताको कोठातर्फ ।
भोलिपल्टै विवेकको बैंकक फ्लाइट थियो— तीन हप्ते कार्यक्रमको लागि । म्यासेन्जर र भाइबरमा विवेकले स्मिता र दीक्षासँग कुरा गरिरह्यो । स्मिताले आफ्नो प्रोसेसको बारेमा अपडेट गराइरही ।
“स्मितालाई सहयोग गर है,” विवेकले दीक्षालाई कुराकानीको क्रममा भन्थ्यो ।
“तपाईंको परिवारको सदस्य हुन गइरहेको छु,” दीक्षा विवेकलाई खुशी थपिदिँदै भन्थी, “जीवनभर ख्याल गर्छु ।”
“छोरी ! तैंले सौतेनी आमा होइन, एउटा साथी पाउँदै छेस्,” रमाएको विवेकको मनले यसै भन्थ्यो ।
विवेक विदेशवाट फर्किंदा स्मिताको अमेरिका जाने दिन नजिक आइसकेको थियो । तयारी लगभग पूरा भएको थियो । स्मिता जाने अघिल्लो दिन विवेकले नातेदारहरूलाई भव्य पार्टी दियो । नातेदारहरूबीचमा नाता नपर्ने एउटै व्यक्ति थिई— दीक्षा । तर, विवेकका लागि सबैभन्दा नजिककी नातेदार ।
सबै नातेदारहरू पार्टीमा मस्त भइरहेको मौकामा विवेक दीक्षाको नजिक गयो ।
“भोलिबाट यो घर सुनसान हुन्छ,” विवेकले अत्यन्त शिष्टतापूर्वक भन्यो, “म तिमीलाई भोलिबाटै मेरो परिवारमा आमन्त्रण गर्न चाहन्छु ।”
दुवैले एक–आपसमा अनुहार हेरे । विवेकको अनुहारमा एकप्रकारको याचना थियो ।
“धन्यवाद सर,” दीक्षाले साउतीमा भनी, “तपाईंबाट यही अपेक्षा गरिरहेकी थिएँ ।”
ऊ स्मितालाई सहयोग गर्न दौडिई । विवेक नातेदारसँग व्यस्त भयो ।
भोलिपल्ट । उज्यालो पनि राम्ररी भएको थिएन । विवेकले दीक्षालाई फोन ग¥यो । स्विच अफ थियो । दिउँसोसम्म पनि फोन अन भएन । केही साथीहरूलाई सोधेर अपार्टमेन्ट त पत्ता लगायो तर ताला लगाएको थियो । स्मितालाई केही भनेकी छे कि भनेर सोध्यो । स्मिताले खास चासो दिइन ।
“शायद केही काम परेर कतै गई होली, तपाईंलाई त्यति धेरै किन चिन्ता बाबा ?” स्मिताले उल्टै प्रश्न गरी ।
ऊबिना एकपल पनि बाँच्न गाह्रो हुन थाल्यो— विवेकको मनले यसै भन्न चाहेको थियो । तर, सकेन ।
“तिमीलाई तयार हुन सहयोग गर्थी भनेर मात्रै,” औपचारिक जवाफ दियो ।
स्मिता जाने समय हुन्जेलसम्म पनि दीक्षाले फोन अन गरिन । अत्तोपत्तो भएन । भारि मनले छोरीलाई बिदाइ ग¥यो ।
“आजबाट दीक्षाले मेरो घरमा आउँछु भनेर वाचा गरेकी थिई, कहाँ गई होला ?” मनमनै प्रश्न ग¥यो । जवाफ पाउने कुरै भएन । घर फर्किन गाडी चढ्दै गर्दा मोबाइलमा म्यासेज आयो । दीक्षाको थियो ।
लेखिएको थियो, “सर, मैले मेरो वाचा पूरा गरें । म तपाईंको परिवारमा आएँ ।”
विवेक खुशीले पागल भयो ।
“घरमा छ्यौ ?” हतार–हतार प्रश्न सोध्यो ।
“एयरपोर्टमा ।”
“खोइ त ? म त नभेटेर फर्किन लागें ।”
“प्लेनमा छु सर, अब फ्लाइट हुन लाग्यो ।”
“काठमाडौंबाहिर गएकी थियौ ?”
“होइन, काठमाडौं छाडेर जाँदै छु ।”
“तिमी के भन्दै छ्यौ ? मैले केही बुझिनँ ।”
टेक्स्ट डेलिभर भएन । विवेकले कल गर्न खोज्यो । तर कल लागेन ।
“सर, मैले तपाईंलाई भनेकी थिएँ त म अलग पात्र हुँ,” दीक्षाको टेक्स्ट फेरि आयो, “मैले तपाईंको परिवारको सदस्य हुन आउँछु भनेकी थिएँ, आएँ । मैले तपाईंकी छोरी स्मितालाई सदाका लागि आफ्नो बनाएँ । हामी एकसाथ बाँच्न अमेरिका जाँदै छौं ।”
म्यासेजमा दीक्षा र स्मिता विमानमा सँगै बसेको तस्बिर डेलिभर भयो ।
(लुइभेल, अमेरिका)