site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ताराको ‘मुटु किन’ बजारमा

काठमाडौं । गायिका तारा नुमिहाङ्ग राई ‘मुटु किन’ बोलको गीत लिएर सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले  संगीतकार हरि लम्सालसँग सहकार्य गरेकी छिन् । उनले सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ । 
गीत पदम साधना कुलुङले लेखेका छन् । 

‘फूल चन्द्रमा’ नामक एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्यूजिक भिडियो निर्देशन निकेश खडकाले गरेका छन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारी फिचर्ड छन् । 

बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियो सम्पादन विकाश धमलाले गरेका हुन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १०:११
प्रतिक्रिया दिनुहोस्