
मुम्बइ । बलिउड अभिनेत्री दिया मिर्जाले पति साहिल सांघासँग वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेकी छिन् ।
विवाह भएको पाँच वर्षपछि अभिनेत्री दिया र उनका पति साहिलले सामाजिक सञ्जालमा संयुक्त रुपमा आफूहरु सम्बन्धविच्छेद गर्न लागेको सन्देश लेखेका छन् ।
विगत ११ वर्षदेखि सम्बन्धमा रहेका दुबै जनाबीच विगत एक महिनादेखि सम्बन्ध चिसिन सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फिल्म छायांकनका दौरान अभिनेत्री दिया मोहित रैनासँग नजिकिएपछि पति–पत्नीबीच सम्बन्ध बिग्रिदै गएको बताइएको छ ।
दियाका पति साहिलको सम्बन्ध फिल्म ‘जजमेन्टल है क्या’ कि लेखिका कनिका ढिल्लनसँग रहेको पनि भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार कनिकाको निर्देशक प्रकाश कोवेलामुडीसँग सम्बन्धविच्छेद भइसकेको छ ।