site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
१३ वर्षपछि शिल्पाको 'निकम्मा' बाट 'कमब्याक'
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 बलिउड अभिनेत्री शिल्पा शेट्टी १३ वर्षपछि पर्दामा देखिने भएकी छिन् । ४४ वर्षीया शिल्पा ‘निकम्मा’ नामक फिल्मबाट ‘कमब्याक’ हुन लागेकी हुन् । 

नी अभिनेता अभिमन्यू दसानी र अभिनेत्री शर्ली सेतियाका साथ फिल्म ‘निकम्मा’ मा देखिन लागेकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्मलाई सब्बिर खानले निर्देशन गर्ने बताइएको छ । 

शिल्पाले यसअघि अन्तिम पटक २००७ मा फिल्म ‘अपने’ मा अहम् भूमिका निर्वाह गरेकी थिइन् । सोही वर्ष उनी ‘लाइफ अन अ मेट्रो’ मा देखिएकी थिइन् । त्यसपछि ठूलो पर्दाबाट हराएकी शिल्पा टेलिभिजन ‘रियालिटी शो’ मा भने सक्रिय थिइन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १५:५६
प्रतिक्रिया दिनुहोस्