
काठमाडौं । मिस नेपाल वर्ल्ड - २०१९ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानीत भएकी छिन् । क्यालिफोर्नीयास्थित हिमालयन फाउन्डेशन क्रपले बिहीबार एक समारोहमा अनुष्कालाई सम्मान गरेको हो । सम्मानसँगै उनलाई ३८ सय डलर सहयोग रकम पनि प्रदान गरिएको छ ।
अनुष्का अहिले सिन्धुपाल्चोकको स्वरासिंह गाँउको चेलीबेटी बिचबिखन समस्यामा निर्मुल पार्न र त्यहाँको विकास निर्माण अभियानमा लागेकी छन् । अनुष्काको उक्त कार्यमा सहयोग गर्न आयोजक हिमालयन फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए । उनले अनुष्काको अभियानमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सृजना गर्न लागीरहेको बताइन् । जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा लागेको उनले खुलाइन् ।