
आँखा हाम्रो शरीरको एक अमूल्य अङ्ग हो । बिना आँखा हाम्रो छरछिमेक र समाज हेर्न सकिँदैन, चिन्न मुश्किल हुन्छ । कसैको अनुहार हेर्न तथा कुनै ठाउँ देख्न सकिँदैन ।
हाम्रो आँखा आफैं चल्ने क्यामेरा जस्तै हो । सामुन्नेको कुनै वस्तु प्रतिबिम्बित भएर नै हाम्रो आँखामा आइपुग्छ र हामी त्यस वस्तुलाई देख्न सक्छौ । आँखाको सम्पूर्ण भागलाई नेत्र गोलक भनिन्छ । जसमध्ये प्रस्टसँग देखिने सेतो सतहलाई श्वेतपटल भन्दछन् ।
यसको भित्री कालो भागलाई स्वच्छमण्डल भन्दछन् । सबैभन्दा भित्रको सानो पारदर्शी गोलो भाग नै आँखाको नानी हो । यी तीनवटै अङ्गहरूको एउटै समष्टि नानीलाई नै नेत्र–गोलक अथवा आँखा भनेर चिनिन्छ ।
कविता
विधार्थीे
–दिलिप परियार
म एउटा विधार्थी
पढ्ने मेरो काम
पढी गुनी ठूलो भई
राख्छु देशको नाम ।
गुरुको आज्ञा मान्ने
मेरो ठूलो धर्म
मान्यजनको आज्ञा मान्ने
मेरो ठूलो धर्म ।
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)