साहित्य

काठमाडौं । यो साता दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘न यता न उता’ र ‘रातो गलबन्दी’ आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् । ‘न यता न उता’ मिराज रोश र विशारद बस्नेतले संयुतm रुपमा निर्देशन गरेका छन् ।
चलचित्रमा ऋचा शर्मा, मिराज रोश, समीरमणि दीक्षित, छुल्ठीम गुरुङको मुख्य अभिनय रहेको छ । मल्टिस्टारर भएको यो वर्षकै सबैभन्दा ठूलो कमेडी चलचित्र भएको दाबी टिमले गरेको छ ।
अर्को चलचित्र ‘रातो गलबन्दी’ अनिश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, बुद्धि तामाङ र कोशिस क्षेत्री मुख्य भूमिकामा छन् । रातो गलबन्दी प्रेमकथामा आधारित छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६ ११:४९
प्रतिक्रिया दिनुहोस्