साहित्य

मुम्बइ । सुपर ३० पछि अभिनेता ऋतिक चलचित्र रामायणमा देखा पर्दैछन् । भारतीय सञ्चार माध्यमका अनुसार रामायणमा ऋतिक र दीपिका पहिलो पटक अनस्क्रिन जोडी बन्ने भएका हुन् । चलचित्रमा ऋतिक र दीपिका राम र सीताको भूमिकामा देखिँदैछन् ।
तर यस विषयमा चलचित्र टिमबाट भने आधिकारिक जानकारी दिइसकेको छैन् । रामायणलाई नितेश तिवारी र रवि उडयावरले संयुतm रुपमा निर्माण गर्ने बताइएको छ । रामायण थ्रीडीमा सुट गरिनेछ । चलचित्र लाइभ–एक्शनमा आधारित हुने छ ।
चलचित्रको लागि ऋतिकले फाइनल गरिसके पनि दीपिकासँग भने निर्माण टिमले कुरा गरि नसकेको नितेश तिवारीले टाइम्स अफ इन्डियालाई बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६ १९:४०
प्रतिक्रिया दिनुहोस्