site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महान् मुलुकका अगतिला नेता

म पहिलोपटक अमेरिका सन् १९६५ मा बोस्टनका दयालु समाजसेवीको सौजन्यमा प्राप्त छात्रवृत्तिमा गएको थिएँ । न्यु योर्क, क्यालिफोर्निया अलाबामा ओहोरदोहोर गरेको त्यस भ्रमणपछि त म पक्का अमेरिका प्रेमी हुनपुगेँ । म त्यस मुलुकलाई प्रेम गर्छु र बेलायतबाहिर पश्चिम युरोपबाहेक सबैभन्दा धेरै भ्रमण गरेको देश पनि त्यही हो । 

म अमेरिकाको संस्कृति, उद्यमशीलतावाद र विश्वविद्यालयहरूको प्रशंसक हुँ भने मेरा कैयौं अमेरिकी साथी छन् । यस अतिरिक्त दोस्रो विश्वयुद्धपछि दुनियाँ अमेरिकी नेतृत्वप्रति कृतज्ञ थियो भन्ने पनि मलाई थाहा छ । यसभन्दा पहिले कहिल्यै विजेता शक्तिले पराजितहरूलगायत सबैसँग यति उदार व्यवहार गरेको थिएन । बीसौं शताब्दीको उत्तरार्धको अमेरिकी नीतिको हामी धेरै ऋणी छौँ । हुनत, म अमेरिकी, आर्थिक, बौद्धिक र सैनिक शक्ति घट्यो भनी ठान्नेमा पर्दिन तर यसको ‘सफ्ट पावर’ पक्कै घटेको छ र विश्वभर सकारात्मक प्रभाव पनि कम भएको छ ।

यसको कारण सामान्य छ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खराब मानिस हुन् र अक्षम तथा खतरनाक सिद्धान्तारहरूको खराब समूहबाट घेरिएका छन् । उनी विश्वलाई राम्रो, सुरक्षित र समृद्ध स्थान बनाउने सबै कुराका लागि र सबैभन्दा बढी राष्ट्रहरूबीचको सहयोग, विश्वव्यवस्था एवं व्यापकरूपमा कामना गरिएको आर्थिक तथा राजनीतिक स्वतन्त्रताका लागि खतरा हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थात्, म अमेरिकालाई मया गर्छु तर यसका राष्ट्रपतिलाई समर्थन गर्न सक्तिन । मलाई लाग्छ, मैले ट्रम्पको पदावधि नसकिउन्जेल पर्खिनुपर्छ र अमेरिकी मतदाताहरूले उपयुक्त समयमा ट्रमपलाई घर पठाउनेछन् । आशा गरौँ, मेरो अप्ठेरो मतपत्रबाटै समाधान हुनेछ ।

कठै, म चीनका सम्बन्धमा पनि त्यस्तो अप्ठेरामा परेको छु । म त्यो मुलुकको महान् सभ्यताको, यसको कला, क्लालिग्राफी, तथा मानवताका लागि विज्ञान र बौद्धिक योगदानको प्रशंसा गर्छु । सन् १९७९ मा चीन भ्रमण गरे यता मैले यसको इतिहाससम्बन्धी पुस्तकहरू निकै पढेको छु । म निर्वासित लेखक मा जियान (उनको पुस्तक चीनमा प्रतिबन्धित छन्) विगत ५० वर्षका उत्कृष्ट उपन्यासकारमध्येका मान्छु ।

Global Ime bank

साथै, म चिनियाँ कम्युनिस्ट पार्टीको क्रियाकलापलाई भने मन पराउँदिन । खासगरी, देङ स्याओपिङ, जियाङ जमिन, झु रोङ्जी, हु जिन्ताओ, वेन जिआबाओलगायतको नेतृत्वमा आर्थिक नीति र राजनीतिक दिशामा वर्षौंदेखि भएको क्रमिक सुधारलाई चीनका वर्तमान राष्ट्रपति सी जिनपिङले घडीको सुई फर्काएजसरी कठोर अधिनायकवादी नियन्त्रणतर्फ लगेकोमा म दुखित भएको छु ।  

यस अतिरिकत, सीले आफ्नो अधिनायकवादी शासन लागु गर्न उन्नत प्रविधि अपनाएका छन् । यसले कसरी काम गर्छ भन्ने जान्न सिनजियाङमा हेर्नुपर्छ जहाँ एउटा निर्दयी गुप्तचर शासनले तिनको सांस्कृतिक र धार्मिक पहिचान मेटाउन खोज्दै दसौंलाख उइगुर मुसलमानहरूको दमन गरेको छ ।  पक्कै पनि सी र ट्रम्पका बीचमा प्रत्यक्ष नैतिक समानता त छैन तर म अमेरिकी राष्ट्रपतिले उदार लोकतान्त्रिक मूल्यलाई सीले भन्दा बढी आदर गर्छन् भन्नेमा पनि  विश्वस्त छैन । यस दुविधाले विचलित बनाएको छ । किनभने यी दुईले आगामी दिनहरूमा विश्वको दिशा तय गर्नेछन् । 

म ट्रम्प – सीको विवादले विश्वको आर्थिक परिप्रेक्षलाई निकट भविष्यमा समाप्त पार्ला भनेर म चिन्तित भएको हैन । त्यसको समाधान हुनेछ । कारण ट्रम्पलाई आफ्ना समर्थकहरू सामु आफू काम गर्न सक्षम भएको र त्यसको परिणाम कथित नियोजित व्यापार हुने देखाउनु छ । चिनियाँहरूले अमेरिकाबाट भटमास र हवाई इन्जिन खरिद गर्नेछन् र चीनसँगको अमेरिकाको व्यापार घाटाको अंक कम हुनेछ । यस अतिरिक्त चीनले विदेशीहरूले सजिलै लगानी गर्न पाउने र उनीहरूलाई बौद्धिक सम्पत्ति स्थानीय प्रतिस्पर्धीहरूलाई हस्तान्तरण गर्न भनिने छैन भन्ने आश्वासन दिनेछ । 

तर, चीनको आर्थिक ढाँचामा भने कुनै आधारभूत परिवर्तन हुनेछैन । ऋण राजनीतिकरण भइरहनेछ, राज्यको स्वामित्वमा रहेका उद्योगहरूले प्रशस्त अनुदान पाइरहनेछन् र चिनियाँ प्रतिस्पर्धीले जित्न सक्ने नहुँदासम्म विदेशी कम्पनीलाई बजारमा प्रवेश दिइनेछैन ।  यसबीच दक्षिणी चीन समुद्र र टापुहरूमा सैनिकीकरणका कारणले मात्र नभए पनि चीनको छिमेकीहरूसँगको तनाव बढ्नेछ । चीनले ताइवानका सम्बन्धमा आक्रामक प्रचारवाजी बढाउनेछ । र, ऋणको भारले थिचिएको आर्थिक वृद्धिमा मन्दी आयो भने राष्ट्रवादी खतराको स्वर चर्को हुनेछ । 

चीन र अमेरिका महान् देश हुन् तर तिनलाई नराम्ररी शासन गरिएको छ – एउटा आफ्नै छायाबाट तर्सेको लेनिनवादी तानाशाह र अर्को उदार लोकतन्त्रवादीभन्दा अधिनायकहरूलाई मनपराउने झक्की लोकप्रियतावादीबाट । ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी, युरोपेली सहयोग प्रवर्धन, सम्झौतादेखि मध्यपूर्वमा शान्ति पुनःस्थापनासम्मका सबैजसो विवादमा सियाहरूका विरुद्ध सुन्नीहरूको पक्ष लिएर हामी सबैको चासोमा पर्ने विषयहरूलाई जोखिममा पारेका छन् । 

संयुक्त अधिराज्य बेलायत विशेषगरी जोखिममा परेको छ । किनभने युरोपेली संघबाट बाहिरिएपछि युरोपेली साझेदारहरूको अभावमा बेलायत एक्लो हुनेछ । आशा गरौँ, ट्रम्प र सीको उग्र राष्ट्रवाद र व्यापारवादले इतिहासकार र रणनीतिकारहरूले चेतावनी दिएजस्तै थ्युसिडाइडसले वर्णन गरेको एथेन्ससँग स्पार्टाहरूको युद्धको स्थितिजस्तै विश्वलाई ठूला शक्तिहरूको द्वन्द्वतर्फ लैजानेछैन । हाललाई वासिङटन र बेइजिङमा छिटै नै असल र बुद्धिमान नेतृत्व उदाउने आशा गर्ने पर्याप्त कारण बाँकी विश्वसँग छ । 

(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)

(अक्सफोर्ड विश्वविद्यालयका कुलपति )

Copyright: Project Syndicate, 2019.


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय