site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कार्टुन क्यारेक्टर मिनी माउसको आवाज बनेकी रुसी टेलरको निधन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चर्चित कार्टुन क्यारेक्टर मिनी माउसको आवाज बन्दै आइरहेकी रुसी टेलरको क्यालिफोर्नियाको ग्लेन्डेलमा निधन भएको छ । उनको ७५ वर्षको उमेरमा निधन भएको हो ।
द वाल्ट डिज्नी कम्पनीका अध्यक्ष र मुख्य कार्यकारी अधिकारी डिज्नी बोब इगरले यो कुराको पुष्टि गरेका हुन् । उनले भनेका छन्, “मिनी माउसले टेलरको निधनसँगै आफ्नो आवाज पनि गुमाएका छन् ।”
टेलरले विगत ३० वर्षदेखि मिनी माउसको आवाज बनेर संसारभरिका कार्टुन प्रेमीहरुलाई मनोरञ्जन दिँदै आइरहेकी थिइन् । टेलरले कार्टुनमा मात्रै नभई मिनी माउसको विभिन्न प्रोजेक्टहरुमा पनि मिनीको आवाज बनिदिएकी थिइन् ।
उनी मिनीको आवाज बन्नु अघिदेखि नै मिनीको प्रशंसक थिइन् । पछि उनले आफ्नै फेबरेट कार्टुन क्यारेकटरको आवाज बन्ने मौका पाइन् । टेलर स्वर्गीय अभिनेता वेन आल्विनकी श्रीमती हुन् । वेन उनै व्यतिm हुन्, जो मिकी माउसको आवाज बनेका थिए । 
दैनिक भाष्कर
 

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  ११:४९
प्रतिक्रिया दिनुहोस्