साहित्य

काठमाडौं । सञ्चारकर्मी निर्मल दाहालले गीत सार्वजनिक गरेका छन् । ‘जब घाम ढल्छ’ बोलको गीत लिएर निर्मल स्रोता तथा दर्शक माझ आएका हुन् ।
नवीन के भट्टराईको संगीत रहेको गीतमा स्वर निर्मलको छ । शब्द रचना रोशन सुवेदीको रहेको छ ।
गीतको भिडियोमा निर्मल र एलिजा बस्नेत फिचर्ड भिडियोलाई ज्ञानेन्द्र शर्माले निर्देशन गरेका हुन् ।
“म गाउँछु भनेर थाहा पाएपछि नवीन दाइले मलाई कम्पोज गिफ्ट गर्नुभयो, त्यसपछि गीत तयार भएको हो,” निर्मलले भने, “अब गीतसंगीतलाई निरन्तरता दिन्छु ।”
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६ १०:२२
प्रतिक्रिया दिनुहोस्