साहित्य

काठमाडौं । लेखक शिवनाथ अधिकारीको लेखन रहेको पुस्तक ‘छरिएका पानाहरू’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व सहायकमन्त्री दीनवन्धु अर्याल र प्रा.डा. गोविन्द नेपालले उक्त कृतिको विमोचन गरे ।
प्रमुख अतिथि पूर्व सहायकमन्त्री अर्यालले स्रष्टा शिवनाथ अधिकारीको यो नवीन पुस्तक साहित्यको आँंखीझ्यालकोरुपमा आएको बताए ।
प्रा.डा. गोविन्द नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अच्युत घिमिरे, हरिहर खनाल, शिवनाथ अधिकारी, गायत्री अधिकारीलगायतले बोलेका थिए । शारदा अधिकारीले प्रकाशित गरेको सो पुस्तक मुकुन्द अर्यालले सम्पादन गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६ १२:१३
प्रतिक्रिया दिनुहोस्