
– सन्तोष चिमरिया
काठमाडौं मेरा निम्ति पुनः एकपटक नयाँ शहर भएको छ । शहरसँग अभ्यस्त नभई मलाई निद्रा पर्दैन । घडीले १ः२० हान्यो तर निद्रा टाढासम्म छैन । मन अति सक्रिय, चञ्चल र अतीतमुखी भएको छ ।
आफ्ना चारै भाइ मरेपछि युधिष्ठिरलाई सोधिएका यक्षका प्रश्नमध्ये एउटा मनको द्रुतता र चञ्चलतासँग सम्बन्धित छ । ‘संसारमा सबैभन्दा तीब्र के छ ?’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले ‘मन’ भनेका छन् । यसरी सबै प्रश्नको ठीक–ठीक उत्तर दिएर युधिष्ठिरले आफ्ना चारै भाइलाई यमलोकबाट फिर्ता पनि ल्याएका छन् । तर, यहाँ प्रसंग पाण्डव र यक्षको होइन, मनको हो । क्षणभरमा हजारौं पात्र खडा गर्न सक्ने मन । तीमाथि परिकल्पित कथाहरू थोपर्न सक्ने मन । आफूअनुकूल तिनको आत्मकथा र चरित्र चित्रण नै बदल्न सक्ने मन । कुनै पनि परिभाषा र व्याख्याहरूले समेट्न नसकिने मन ।
मनका निम्ति समय र भूगोलको अस्तित्व छैन । नैतिकता र मर्यादाका पर्खाल छैनन् । मनलाई लाज लाग्दैन, बडो निर्लज्ज हुन्छ मन । पाप र पुण्यको हिसाबबाट पर । सधैं निर्वाण अवस्थामा छ मन । न समाजका न कानुनका आँखाले यसलाई चिहाउन सक्छन् । न यसलाई कुनै अपराधमा कुनै पनि अदालतले दोषी ठहर गर्न सक्छ । आकाशको विशालताले कैद गर्न नसक्ने मन कति स्वच्छन्द र स्वतन्त्र छ ! तर, त्यही मनको मालिक शरीर कति निरीह र तुच्छ छ ।
शरीर आफ्ना हजारौं अतृप्त रहरहरू सुटुक्क मनलाई भन्छ । अनि मन शरीरका निम्ति शिकारमा निस्किन्छ । मनजस्तो मिल्ने साथी र आज्ञाकारी नोकर संसारमा अर्को भेटिँदैन । अनि त्यही मनले शिकार गरेर ल्याइदिएको शिकार खाँदै शरीर क्षणिक र भ्रामक सन्तुष्टिमा मुख मिठ्याउँछ ।
गएराति स्वप्नदोषले स्खलित भएको त्यो किशोरको मनले कस्तो–कस्तो शिकार ग¥यो होला ? कसले परिकल्पना गर्न सक्छ, त्यो दुब्लो–पातलो किशोर मन वयस्क भइसकेको छ । त्यो जति लजालु र सोझो देखिन्छ, त्यसको मन उत्ति नै निर्लज्ज र उत्ताउलो छ । मान्छेहरूले त्यसका आँखामा देख्ने गरेको लाज र संकोच सब झुट हो । अभिनय गर्छ वास्तविक जीवनमा किशोर । त्यसको मनको संसार चिहाएर हेर्न सक्ने हो भने ऊ यो समाजको निम्ति एउटा खतरा हो । असुरक्षा हो । आफ्नो नोकर मनको सहारा लिएर त्यसले कतिका बन्द कोठा चिहाएको छ । कतिलाई बलात्कार गरेको छ । कतिलाई सुटुक्क लिएर दुई–चार दिन हनिमुनमा हिँडेको छ । कतिलाई मारेको छ र उसकी विधवासँग रासलीला रचाएको छ ।
कसलाई के थाहा— सरिता मिस छेउमा आउँदा उनले छोडेको सुगन्ध उसलाई कति मन पथ्र्यो भनेर ! स्वयं सरिता मिसले पनि कहिल्यै थाहा पाइनन् । तर, के वास्तवमा सरिता मिस सुगन्ध छोड्थिन् ? जीवनका थुप्रै रहस्यमय पर्दा छिचोलेर सत्यको नजिक पुगेको ऊ अब आफ्ना अनुभवहरू साक्षी राखेर सजिलै भन्न सक्छ, “अहँ ! मिसले सुगन्ध छोड्दिन थिइन् ।” बस्— उसको मनको नाकमात्रै सुँघ्ने सामथ्र्य राख्थ्यो ।
जब सरिता मिस सुगन्ध छर्दै उसको नजिक आइपुग्थिन्, शरीर र चर्मचक्षु कक्षाकोठामै रहे पनि उसको मन सरिता मिसलाई लिएर अघि नै अज्ञातस्थलतिर गइसकेको हुन्थ्यो । ऊ मिसलाई नंयाउथ्यो । उनलाई रहर पुगिन्जेल हेथ्र्यो । सबैतिर र सबै कोणबाट हेथ्र्यो । मिस उसको मनकी शिकार थिइन् । कुनै प्रश्न र प्रतिरोधबिना उसका रहर र जिज्ञासा शान्त पारिदिन्थिन् । उसको इशारामा बस्थिन् । सुतिदिन्थिन् । एउटा तिघ्रामाथि अर्को चढाएर उसको कुतूहलतालाई अरु तीब्रसँग उद्वेलित बनाइदिन्थिन् । आफ्ना ठूला वक्षस्थल उसको अनुहारभरि दलिदिन्थिन् । अनि ऊ निर्लज्ज तिनलाई गिजोलिरहन्थ्यो ।
मन न हो । मनलाई सबैथोक गर्न छुट छ । सबैका मनलाई सबथोक माफ छ । त्यसैले किशोर एक्लो अपराधी होइन । एकल चरित्रहीन होइन । एक्लो, अनौठो, विशेष र विचित्रको त हुँदै होइन । ऊ मन हुनेहरूको प्रतिनिधि पात्रमात्रै हो । यदि मनको अपराधमा दण्डित हुनु पर्ने भएको भए उसलाई दण्डित गर्ने एक्लो महापुरुष धर्तीमा उपलब्ध थिएन । सबै न्यायाधीशहरू स्वयं सजायबाट बच्ने थिएनन् ।
फेरि मन बडो बुझिनसक्नुको पनि छ । कुनै अमूर्त चित्रकलाजस्तो । छिनमै बदलिरहने बादलको आकृतिजस्तो छ मन । यसमा कुनै पनि चित्र स्थिर रहँदैन । यसका कुनै मान्यताहरू कहिल्यै पनि स्थिर रहेनन् । यसका सौन्दर्य चेतनाहरू बदलिइरहे । हिजो आफैं परिभाषित गरेर स्वीकार गरेका तथ्यहरू आज मनलाई पटक्कै स्वीकार्य छैन । तर पनि मन त मनै हो । संसारमा सबै लत र संगतहरू त्याग्न सकिन्छ तर मनसँगको सम्बन्ध आजीवन छ ।
० ० ०
भनिहालें— मनको क्यानभासमा कोरिएको कुनै पनि चित्र स्थायी हुँदैन । सरिता मिस पनि एउटी अस्थिर चित्र थिइन् । हम्बर्ट र हम्बर्टहरू मात्रै लोलिताप्रति आकर्षित हुँदैनन् । लोलिताको उमेरको त्यो किशोर पनि हम्बर्टको उमेरकी सरिता मिसप्रति उत्ति नै आशक्त थियो । फरक कति हो भने हम्बर्टले आजीवन लोलितालाई बलात्कार गरिरह्यो । तर, किशोरले युवक हुनेबित्तिकै सरिता मिसलाई मुक्त गरिदियो । शायद अर्को किशोरले उनलाई नांगो बनायो होला । बलात्कार ग¥यो होला ।
तर, उसको मनको क्यानभासमा कोरिएको सरिता मिसको तस्बिर उमेरसँगै बदलिँदै जान थालेको थियो । सबैभन्दा पहिले सरिता मिसको उकल्दो वैंश एकाएक थामियो र उनी अधवैंशे महिलाबाट आफ्नै उमेरकी युवतीजस्ती देखिइन् । उनको बडेमानको छाती छरितो र ठिक्कको भयो । उनको कम्मर तीनचौथाइ घटेर बारुले भयो । अनि उनका भीमकाय नितम्बमाथि मनको कुची चलेर त्यो सुडौल र ठिक्कको भयो । न धेरै ठूलो न धेरै सानो । अनि एकाएक तस्बिरबाट सरिता मिस अलप भइन् । र, त्यो क्यानभासमा सुनिताको तस्बिर रंगियो ।
हो । हिजोआज उसको मनले गर्ने शिकार बदलिएको थियो । ऊ अब सरिता मिसको घुँडामाथिको थोरै भाग हेर्ने लालचमा उनले कपडा धोइरहेको बाटो भएर बेकाममा कयौं पटक हिँड्दैनथ्यो । उनको छातीको रसस्वाद गर्न उनीसँगै राति–राति कीर्तन धाउँदैनथ्यो ।
बस्— हिजोआज उसको मनले सरिता मिसलाई आफ्नो कैदबाट मुक्त गरेको थियो र सुनितालाई बन्धक बनाएर राखेको थियो । सुनिता हिजोआज दिनहुँजसो बलात्कृत हुन्थी । कहिले आफैं ऊ भएको ठाउँमा आउँथी । कहिले होटलका कोठाहरूमा त कहिले सुनसान जंगलमा मनले उसका निम्ति सुनिताको शिकार गरेर ल्याइदिन्थ्यो । अनि ऊ सुनितालाई आवश्यकताअनुसार प्रयोगमा ल्याउँथ्यो ।
कलेजका तीन वर्ष उसले मनको सहारा लिएर सुनिताको बलात्कार ग¥यो । सुनितालाई लिएर कयौं रात झापाको गर्मीबाट पशुपतिनगर उक्लिन्थ्यो र उतै रात बिताउँथ्यो । अब उसलाई सरिता मिसको कुनै आवश्यकता थिएन । अब सुनिताहरूको शिकार उसलाई मन पथ्र्यो । अब सपनाहरूमा उसलाई स्खलित गराउन सरिता मिस होइन, सुनिताहरू आउँथे ।
तर, सधैं मन र परिकल्पनाको तहमा उसको शरीरका रहरहरू सन्तुष्ट रहनेवाला थिएनन् । त्यसैले ऊ हिजोआज मनविरुद्ध विद्रोहमा उत्रिएका थियो । शरीरका अकाट्य सत्यहरू अब सत्यकै सामना गर्न लालायित थिए । अब शरीरले शरीर खोजेको थियो । परिकल्पनाका पात्रहरूबाट उसको शरीरको भोक अरु तीब्र हुन्थ्यो । अब मनले सिर्जना गरेको कल्पनाको संसार शरीरलाई पर्याप्त थिएन । त्यसैले मन र त्यसका परिकल्पित पात्रविरुद्ध विद्रोह गर्ने निश्चय गरेको थियो । अब ऊ मनको संसारबाट वास्तविक संसारमा आउने निश्चित थियो ।
चोकमै थियो गोमा भाउजूको घर । गोमा अर्थात् मनविरुद्ध विद्रोह गरेर बाहिर निस्केपछि वास्तविक संसारमा उसले भेट्टाएको पहिलो वास्तविक पात्र । तीन सन्तानकी आमा गोमा । दुई छोराहरू स्कुल जान्थे, काखकी छोरी सानै थिई । चोकैमा घर भएकाले गोमाको एउटा सानो किराना पसल थियो । दाइ केही वर्षदेखि बाहिर थिए । साउनको झरी साँझैदेखि लगातार परेकाले ऊ त्यो दिन निकैबेर गोमा भाउजूको दोकानमा अड्कियो । उसले चुरोट सल्कायो । आश्चर्य ! भाउजूले पनि पल्याकपुल्लुक हेरेर अर्को चुरोट सल्काइन् ।
“कसैलाई नभन्नू है बाबु ! दाजु गएपछि चुरोट पिउने बानी नै भएको छ ।”
उसले ‘हस्’ भनेको थियो तर आवाज राम्रोसँग बाहिर आएन । सुकेको घाँटीबाट संघर्ष गर्दै निस्किएको आवाज काँपिरहेका ओठबाट बाहिर निस्कन नपाउँदै मौन भइसकेको थियो । त्यसैले टाउको हल्लाएर ‘हस्’ भन्यो । साँघुरो पसलभित्र दुःखले दुई–जना अटाएका थिए । कुनै अज्ञात प्रेरणाले दुबै निकैबेरदेखि उठेका थिएनन् । बाहिर झरी परेको थियो । साउनको साँझ सुनसान थियो । त्यो साँघुरो पसलभित्रको स्वाभाविक सहजता गायब थियो । असहज भनौं— रोमाञ्चक असहजताका बीच दुबै कुनै अव्यक्त कारणले त्यहाँ कैद थिए । झरी उस्तो थिएन । ऊ भिज्दै भए पनि दुई मिनेटमा घर पुग्थ्यो । गोमा पनि बाहिर निस्किएर फराकिलो बरन्डामा सहजताका साथ बस्न सक्थी । तर, दुबैलाई त्यो असहजता त्याग्नै नसक्ने गरी प्रिय थियो ।
गोमा भाउजूले निलेको धूवाँ उनको सम्पूर्ण भित्र छोएर बाहिर निस्किएपछि त्यो उसको अनुहारभरि छोएर उड्थ्यो । एक–अर्काको भौतिक देहको सामिप्यता दुबैले त्याग्न सकिरहेका थिएनन् । बस्— दुवै एक–अर्कासँग पहिलो पहलको अपेक्षा गरिरहेका थिए । यसैबीच उसले मनविरुद्ध विद्रोह गरिसकेको रहेछ । स्वचालित उसका हातहरू गोमाका शरीरमा पत्तै नपाई पुगिसकेका रहेछन् । ऊ झस्किनुअघि नै गोमाले ती हात स्वीकार्दै स्वागत गरिसकेकी थिई ।
यसरी शुरु भएको उसको विद्रोह अघिल्ला तीन महिना वेचैनी र रोमाञ्चक अनुभूतिको घामछाया भएर बित्यो । उसले धेरै सिक्यो र उसले धेरै सिकाई । मनले परिकल्पना गरेका तस्बिरहरू भत्किए । एउटा नांगो, घिनलाग्दो र कुरूप सत्यसँग उसको साक्षात्कार भयो । तर, त्यो कुरूपतामा, त्यो घिनमा एउटा भयानक आकर्षण थियो । त्यो दलदलमा एकप्रकारको चुम्बकीय गुण थियो, जसले उसलाई मौका मिल्नासाथ तान्ने गथ्र्यो । अनि ऊ तीब्र आकर्षणले तानिएर गोमाको ओच्छ्यानमा पुग्थ्यो र डर, ग्लानि, पश्चातापले शून्य भएर आफ्नो ओच्छ्यानमा आएर ढल्थ्यो । मनले बलात्कार गर्न पनि कति सजिलो थियो । तर, अहिले बन्द कोठाभित्र सहमतिमा नांगिन पनि उसलाई कठिन हुँदै जान थालेको छ । ऊभित्रको उम्लँदो ऊर्जाको क्षणिक व्यवस्थापनको आवेगबाहेक अब उसलाई उत्प्रेरित गर्ने अरू कारणहरू पनि क्रमशः स्खलित र शिथिल हुँदै जान थालेका थिए ।
यसैबीच ऊ विश्वविद्यालय भर्ना भएर कीर्तिपुर डेरा बस्न आइपुगेको थियो । त्यहीँ उसको जीवनमा सरला आएकी थिई । शुरुमा उसलाई गोमा भाउजूसँगको सम्बन्धबाट समाजले थाहा नपाउँदै मुक्त भएकोमा केही दिन त राहतजस्तो अनुभव भएको थियो । केहि पछुतोजस्तो पनि लागेको थियो । तर, दिन बित्दै जान थालेपछि भित्रको ऊर्जाले निकास माग्न विद्रोह शुरु गरिसकेको थियो । कलेज र विश्वविद्यालयबीचका ती तीन महिना फेरि उसका आँखामा झल्लली नाच्न थालेका थिए । अनि फेरि उसले गोमा भाउजूसँग फोनमा पुराना याद साट्न शुरु गरेको थियो । तर, सँगै डेरा बस्ने सरलाले सहजै गोमालाई प्रतिस्थापन गरेकी थिई र ऊ गाउँकी गोमाबाट शहरकी सरलामा उक्लिएको थियो ।
सरला उसका लागि वास्तवमा गोमा भाउजूको सहजै उपलब्ध प्रतिस्थापन थिई । शायद गोमा भाउजूकै निम्ति उपलब्ध भएजस्तै ऊ पनि सरलाको निम्ति अर्को सहज उपलब्धताबाहेक अरू केही थिएन । ती दुबैको जिन्दगीमा एउटा लोग्नेमान्छे पूर्ण वा आंशिक रूपमा अनुपस्थित थियो । त्यसैले ऊ आफैं पनि तिनैको क्षणिक पूर्तिमा उभिएको अस्थायी प्रतिस्थापनमात्रै थियो ।
० ० ०
कोल्टे फेर्छु । पुराना स्मृतिहरूको चाङमा भएका यी कथा र पात्रहरू यसै आएका होइनन् । अस्ति गाउँमा गोमा भाउजू र हिजो शहरमा सरला आन्टीलाई देखेको थिएँ । तिनलाई दीपक दाइ र प्रेम अंकलकै साथमा भेटेको थिएँ । नमस्कार आदानप्रदान गरेको थिएँ । हरेक मान्छे मुखुण्डो लगाएर प्रस्तुत हुन्छ । म पनि त्यसरी नै भएँ । सोच्छु— मुखुण्डो नहुँदो हो त मान्छे आजको जस्तो सभ्य, नैतिकवान र धार्मिक कदापी देखिँदैन्थ्यो ।
तर, मुखुण्डो लगाएको लेखक भद्दा हुने रहेछ । आज मलाई एकछिन मुखुण्डो उतारेर कलम चलाउन मन लागेको छ । त्यो भद्दा मुखुण्डो उतार्नुको परिणामस्वरूप नै यो नांगोजस्तो सत्य लिपिबद्ध हुन सकेको छ । हुन त वास्तवमा यी कथा र पात्रहरू अलि शृंगारिक, आदर्शवादी र प्रेमकथाजस्तो पनि हुन सक्थे । हामी सुदूरपूर्वका लेखकहरू अलि बढी नै आदर्शवादी र ढोंगी हुन्छौं । यौनलाई शरीरसँग जोडेर सरल व्याख्या गर्ने हिम्मत जुटाउँदैनौं । शब्द प्रपञ्च गरेर प्रेमकथा कोर्ने बेइमानी गर्छौं । तर, आज मलाई छेउमा सुतेकी श्रीमतीलाई उठाएर भन्न मन लागेको छ, “प्रिय ! मुखुण्डोहरूबाट सावधान बस । दुइटा शरीर जोडेर सँगै सुतियो भन्दैमा मुखुण्डोहरू भरोसायोग्य हुँदैनन् । प्रेम र यौनका करोडौं मानिसका करोडौं कथाहरू मुखुण्डोभित्र चुपचाप दफन भएका हुन्छन् ।”
मनको संवाद साँच्चै सुनेझैं श्रीमती चल्मलाउँछे । म झसंग हुन्छु । हत्त न पत्त आफ्नो मुखुण्डो छाम्छु । मेरो वास्तविक अनुहार लुकाएर मुखुण्डो उसैगरी मुस्कुराइरहेको रहेछ । म फेरि निस्फिक्री हुन्छु । अनि निस्फिक्री भएको मन पात्र र परिकल्पना छोडेर अलिकति रोमाञ्चित हुन्छ । तर, फेरि हेर्छु— ऊ निदाइसकिछ । मलाई स्मृति र यथार्थ दुबैतिरबाट निकालेर ऊ फुसफुसी निदाउन थाल्छे । म आफूभित्रको सन्ताप एक ग्लास पानी पिएर शान्त पार्छु । अनि डराउँदै घडी हेर्छु । अल्छी घडी २ः०५ मात्रै भएको छ ।
(क्यालिफोर्निया, अमेरिका)