site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जाइरा’को आइटम गीतमा तनुजाको नृत्य 

काठमाडौं। नेपाली चलचित्र ‘जाइरा’को आइटम गीत  सार्वजनिक गरिएको छ । ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर छ । पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो ।

गीतकार किरण खरेलको शब्द रहेको गीतमा शिव शंकरको संगीत रहेको छ । रिमेकमा फिरोज बज्राचार्य र डिजे राजुले रि‍एरेञ्ज गरेका छन् ।

प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलिज  भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘यो मात चढेको साँझ’मा तनुजा गुरुङ्गको नृत्य छ । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसनमार्फत छनोट गरिएको थियो ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । 

चलचित्रमा नम्रताको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर शीर्ष भूमिकामा छन् । भदौ ६ गते चलचित्र रिलिज हुँदैछ । 

‘यो मात चढेको साँझ’

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १६:४६
प्रतिक्रिया दिनुहोस्