साहित्य

काठमाडौं । डकुमेन्ट्री फिल्म निर्देशन गर्दै आएका सञ्चारकर्मी गणेश पाण्डेले तीज गीत ‘चुरा’ रिलिज गरेका छन् । पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीको स्वर छ भने लय शिव हामलको रहेको छ ।
गीतमा एरेञ्ज कृष्ण बिक ‘भाञ्जा’ले गरेका छन् । कुमार रानाको मिक्सिङ रहेको गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो ।
प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेका छन् । ‘चुरा’ तीज गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।
पाण्डेले भने, “मेरो शब्दमा चर्चित सर्जक शिव हमालले मीठो संगीत भरिदिनुभयो, गायिका सुनिता अधिकारीले आफ्नो स्वरको जादु देखाउनुभयो । निर्देशक प्रकाश भट्ट र प्रयोजकहरूसँग झनै आभारी छु ।”
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६ १६:३६
प्रतिक्रिया दिनुहोस्