site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा फार्मेसी
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिपुरेश्वरस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा सोमबारदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।  सबै सरकारी अस्पतालमा अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने सर्वोच्च अदालतको फैसलापछि स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा धमाधम फार्मेसी सञ्चालनमा ल्याउन थालेका हुन् । 
यसअघि वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह अस्पताल लगायतका केन्द्रीय अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याइसकेका छन् । अस्पतालको फार्मेसीको उद्घाटन गर्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले अस्पतालको फार्मेसीमा सम्पूर्ण औषधिहरु उपलब्ध हुने जानकारी दिए । सरकारले उपलब्ध गराएको ३० लाख सिड मनिबाट फार्मेसी सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिँदै निर्देशक डा. खरेलले उपभोक्तालाई अन्य फार्मेसीभन्दा सहुलियत मूल्यमा औषधि उपलब्ध गराइने बताए । अन्य बाहिरी फार्मेसीभन्दा १० देखि १५ प्रतिशत सस्तो औषधि उपलब्ध गराउन सकिने भन्दै उनले फार्मेसी २४ सै घण्टा सञ्चालनमा ल्याइने जानकारी पनि दिए । उनले तत्काललाई एकजना स्थायी तथा तीनजना करार सेवामा फर्मासिष्टमार्फत फार्मेसी सञ्चालन गरिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro