साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’को पोस्टर सार्वजनिक गरिएको छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनीसम्म’को पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरहरुमा चलचित्रमा मुख्य पात्रहरु आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, संचिता लुइँटेल, अनुभव रेग्मी, अखिलेश प्रधान देखिएका छन् ।
पोस्टर सार्वजनिकसँगै चलचित्रको प्रदर्शन मिति पनि परिवर्तन गरिएको छ । भदौ ६ गते रिलिज हुने भनिएको चलचित्र साउन ३० प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६ १६:४१
प्रतिक्रिया दिनुहोस्