
काठमाडौं । ‘कबड्डी’ को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत ‘दुबो फुल्यो’ रिलिज भएको छ । गीत सार्वजनिक गरेसँगै निर्माण पक्षले कभर डान्स कम्पिटिसनबारे पनि जानकारी दिएका छन् ।
सो गीतमा इच्छुक दर्शकले कभर भिडियो बनाएर ओएसआर डिजिटल नेपालको ईमेलमा पठाउनु पर्नेछ । पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइने निर्माण युनिटले जनाएको छ ।
‘दुबो फुल्यो’ गीतमा उपाशना सिंह ठकुरी, कर्मा शाक्य, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत कलाकार फिचर्ड छन् । गीतमा हेमन्त राणा र ऋतिका श्रेष्ठको स्वर रहेको छ भने शब्द हर्क साउदको रहेको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । फिल्ममा मणि रत्न पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्मको रिलिज मिति भदौ १४ गते तोकिएको छ ।