site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यसरी सहभागी हुन सकिन्छ ‘कमेडी च्याम्पियन’मा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको र पहिलो पटक प्रसारण हुन लागेको कमेडी शो ‘कमेडी च्याम्पियन’को अडिसन खुलेको छ । अडिसन १५ जुलाईबाट सुरु भई १४ अगस्टसम्म चल्ने आयोजकले जनाएको छ ।

अडिसनमा भाग लिन आग्रह गर्दै आयोजकले भाग लिने तरिका पनि सार्वजनिक गरेको छ । अडिसनमा सहभागिता जनाउने तीन तरिका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो तरिकामा स्मार्टफोन प्रयोगकर्ताहरुले आफनो फोनमा कमेडी च्याम्पियन एप डाउनलोड गरी त्यसमा आफ्नो व्यक्तिगत जानकारीसहितको अडिसन भिडियो पठाउन सक्नेछन् ।

दोस्रो तरिकामा कमेडी च्याम्पियनको अफिसियल वेबसाइट कमेडीच्याम्पियनडटकम मा गएर पनि अडिसनको भिडियो पठाउन सक्छन् ।

तेस्रो तरिकामा रेडियो अडियोको टोल फ्रि नम्बर १६६००१६६१२३ मार्फत् पनि अडिसन दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

‘३ प्रोडक्सन’ले निर्माण गर्ने ‘कमेडी च्याम्पियन’ फ्रेन्चाइज ‘शो’ भने होइन । २४ श्रृंखला प्रशारण हुने कार्यक्रमको शुरुमा डिजिटल अडिसन लिइने छ । डिजिटल अडिसनमा सहभागी हुन सम्पादन नभएको स्ट्यान्डअप कमेडी भिडियो आयोजकलाई पठाउनु पर्नेछ । गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पियनको एप मोबाइलमा डाउनलोड गर्नु पर्नेछ । नेपालबाट सम्पादन नगरिएको तीन मिनेटको स्ट्यान्डअप कमेडी भिडियो र विदेशबाट पाँच मिनेटको भिडियो पठाउनु पर्नेछ । डिजिटल अडिसनबाट छनोट भएकालाई फिजिकल अडिसनका कल गरिनेछ । 

डिजिटल अडिसनबाट छनोट भएकामध्येबाट छनोट गर्न फिजिकल अडिसन लिन मुख्य सहरहरुमा जाने कार्यक्रम रहेको छ । अडिसन राउन्डपछि टप २५ छनोट हुनेछन्, जसबाट क्रमशः १५ र ३ छनोट हुनेछन् । टप ३ बाट विजेता चयन गरिनेछ । २५ भाग प्रशारण हुने ‘शो’को १४ श्रृंखलामा मात्रै निर्णायक देखिनेछन् ।

विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने बताइएको छ । भदौबाट शुरु हुने ‘कमेडी च्याम्पियन’का निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनेछन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । कार्यक्रमको होस्ट रिमा विश्वकर्माले गर्नेछिन् । 

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १६:४९
प्रतिक्रिया दिनुहोस्