site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मञ्जु गुरुङ जो सागबाटै सन्यास लिने योजनामा थिइन्
SkywellSkywell

काठमाडौं । आगामी मंसिर दोस्रो सातादेखि काठमाडौं र पोखरामा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि विभिन्न खेलका खेलाडीहरु यतिबेला प्रशिक्षणमा छन् । घरेलु मैदानमा दक्षिण एसियाली खेलकुदको महासंग्राम (साग) आयोजना हुने भएपछि खेलाडीहरुले आफ्नो करिअरको उचाइ बढाउने लक्ष्यसहित अभ्यासमा छन् भने कतिपयले अन्तर्राष्ट्रिय खेल जीवनबाट बाहिरिने लक्ष्य बनाएर अभ्यास गरिरहेका छन् । 

त्यसो त राष्ट्रिय टोलीमा स्थान बनाउन निकै मेहनत गरेका खेलाडी आफ्नो करियरको सुखद् अन्त्यको खोजिमा छन् । खेलाडीजस्तै संघहरु पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन होस् भन्ने चाहन्छन् । 

यहि क्रममा नेपाल भलिबल संघले सागकै लागि जेठ दोस्रो साता २५ सदस्यीय प्रारम्भिक महिला टोलीको छनोट गर्यो । प्रारम्भिक टोलीमा कप्तान विनिता बुढाथोकि र उपकप्तान मञ्जु गुरुङ अटाएनन् । उनीहरु टोलीमा नपर्दा सबैले आश्चर्य व्यक्त गरे । तर, संघ नयाँलाई अवसर दिएको भन्दै रक्षात्मक बनिरहेको छ । 

KFC Island Ad
NIC Asia

प्रारम्भिक टोलीमा छनोट भएका २५ खेलाडीलाई यतिबेला मुख्य प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण गराइरहेका छन् । उनीहरु जति हौशिएका छन्, त्यति नै आफ्ना टोलीका सिनियर खेलाडीहरु आफूहरुसँगै नहुँदा दुःखी पनि छन् ।

लामोसमय भलिबल ‘कोर्ट’ मा समय बिताएका खेलाडीहरुसँग छुट्टिएकी मञ्जुको भने मन दुखेको छ । उनलाई प्रारम्भिक छनोटमा परेर राष्ट्रिय टोलीमा नपर्दा अहिलेको जसरी मन भारी हुने थिएन । जसरी संघले प्रारम्भिक टोलीमै छनोट नगर्दा भइरहेको छ ।

Royal Enfield Island Ad

मञ्जुका सहकर्मीहरु बिहानीपख अभ्यासका लागि लगनखेलस्थित आर्मीको भलिबल कोर्ट पुग्छन् । तर, भलिबल ‘स्टार’को पहिचान बनाएकी मन्जु भने पोखरामा छन् । उनी आफू त पोखरामा छन् तर, भलिबल काठमाडौंमा छ । उनका सहकर्मी काठमाडौंमा छन् । उनको मन पनि काठमाडौंमै  । तर, उनको भौतिक शरीर लुम्बीनी विकास बैंकमा ।

बैंकसम्म उनलाई भलिबलले नै पुर्याएको हो । नैरास्यताले पिल्सिएकी मन्जु कर्मथलोमा रमाउने हरसम्भव प्रयास गर्दैछिन् । तर, मनलाई सम्हाल्न निकै कठिन भइरहेको उनी बताउँछिन् । यो समय रहरले रोजेकी होइनन् । जसरी उनी भलिबलमा हुँदा रमाउन सक्थिन । अहिलेको समयलाई उनी निकै कठिन समयका रुपमा लिएको बताउँछिन् । किनकि यसको कारण हो, प्रारम्भिक छनोटका लागि योग्न नहुनु ।

संघले राष्ट्रिय टोलीका ६ जना सिनियर खेलाडीलाई टिम बाहिर राख्यो । जसमा उनीसँगै कप्तान बुढाथोकी, अनुभवी खेलाडी कोपिला उप्रेति, नेबिका चौधरी, मनिषा चौधरी र कृपा अधिकारी पनि छन् ।  बढ्दो उमेर र खस्किँदो प्रदर्शनको कारण देखाउँदै भलिबल संघले बनाएको छनोट समितिले ६ जनालाई योग्न ठानेन । तर टोलीमा पर्न असफल मन्जु बढ्दो उमेर र खस्किँदो प्रदर्शनलाई स्वीकार गर्दिनन् । 

“विदेशमा उमेरलाई कहिले पनि ‘इस्यु’ मानिँदैन । नेपालमा उमेरलाई कारण मान्दै टिमबाट हटाइयो । यो गतिलो कारण भएन । अर्को खस्किँदो प्रदर्शन पनि मान्न तयार छैन,” मञ्जु भन्छिन्, ‘‘किनकि बाहिर राखिएका खेलाडीले शतप्रतिशत दिएर खेलेका छन् । एउटा खेलाडीसँग आफनो क्षमताबारे जज गर्ने क्षमता पनि हुन्छ ।”

मन्जु उमेरले २९ औं वसन्तमा छन् । उनको तर्क उमेरले खेलाडीको प्रदर्शनलाई रोक्दैन । शारीरिक रुपमा केही कमजोर हुँदै गए पनि ‘मेन्टेन’ गरेपछि सबै ठिक हुने उनको विश्वास छ । “नेपालमा ४–५ वर्ष खेलेपछि अब यसका दिन सकिए भन्ने गलत सोचाइ छ । अहिले हामीलाई पनि यस्तै गरेको हो । के प्रतिभा मालीलाई पनि यस्तै गर्ने । उ निकै सानो उमेरदेखि टोलीमा छ । यस्तो गलत सोचाइ हटाउनुपर्छ,” मन्जुले भनिन् ।

टोलीमा नपरेको कारण जान्न मन्जुले भलिबल संघमा निवेदन दिएकी थिइन् । तर चित्तबुझ्दो जवाफ नआएपछि मन्जु अहिले भलिबलमा बिताएका दिनहरुले गिज्जाइरहेको बताउँछिन् । उनले भनिन्,“सानैदेखि जानेकै भलिबल हो । यसैमा आफनो ‘गोल्डेन लाइफ’ बिताएकी छु । अहिले उमेर नै कारण देखाइयो । यसले आफनो भलिबल जीवनलाई गिज्जाएको महसुस गर्दैछु ।”

टोलीमा नपर्नुभन्दा पनि प्रारम्भिक छनोटमा नै नपर्नुले मन्जुलाई निकै दुःख लागेको छ । उनले भनिन्, ‘‘राष्ट्रिय टोलीका लागि छनोट नहुनु आफनो ठाउँमा छ । तर प्रारम्भिक छनोटका लागि पनि योग्य भएनभन्दा निकै दुःख लागेको छ । राम्रो खेल्दाखेल्दै पनि खेलाडीमाथि अन्याय गरेको भन्ने भइरहेको छ ।”

त्यसो त खेलाडीलाई हरेक घरेलु प्रतियोगितामा सहभागी हुनुपूर्व राष्ट्रिय छनोटका लागि भन्ने गरिन्थ्यो । मन्जुले पनि त्यहीअनुसार तयारी गर्दै सहभागी भएको बताइन् । यसपटक प्रारम्भिक छनोटका लागि आठौं राष्ट्रिय खेलकुदलाई मानिएको थियो । मन्जुले पनि दुई खेलमा सहभागिता जनाएकी थिइन् । भलिबलकै लागि हङकङ जाँदा केही खेल छुटेका थिए । तर भलिबल संघले उनलाई जान स्वीकृत दिएको थियो । 

उनले भनिन्, “आठौंलाई मात्र कसरी छनोटको आधार मान्न सकिन्छ । त्योअघिको प्रदर्शन हेर्नुपर्दैन । मैले सोधेर गएकै त हो ।” 

जेठ १४ गते प्रारम्भिक छनोटमा परेका खेलाडीको नामावली सार्वजनिक गर्दा मन्जु काठमाडौंमा ए लेभल कोचिङ कोर्समा सहभागी थिइन् । त्यसदिनलाई सम्झिँदै उनले भनिन्,“प्रारम्भिक टोलीको नाम सार्वजनिक भएको दिन म काठमाडौं थिए, ए लेभल कोचिङ कोर्सको लागि । समाचार हेरेपछि थाहा पाएँ आपूm नपरेको । निकै छटपटी भयो । छनोट समितिमा रहेका सरहरुलाई फोन गरेँ । कसैले बिजी छु भन्नुभयो । कसैले फोन रेस्पोन्ससम्म गर्नुभएन । मनविर छन्ताल सरले उमेरका कारण समावेश गर्न सकिएन भन्दा छाँगाबाट खसेजस्तै भएँ ।”

त्यसो त मन्जुले १३ औं दक्षिण एसियाली खेलकुदपछि राष्ट्रिय टोलीबाट सन्यासको योजना बनाएकी थिइन् । प्रारम्भिक छनोटमा नपरेपछि सन्यास योजनासँगै आफ्नै मैदानमा साग खेल्ने उनको सपना समेत अधुरै रहने भएको छ । तर, भदौमा हुने भनिएको राखेप च्याम्पियनसिपमा राम्रो गर्नेलाई टोलीमा राख्छ भनेर सुनेकी मन्जुलाई झिनो आशााले केही दरिलो बनाएको छ । 

“राखेप च्याम्पियनसिपपछि केही खेलाडीलाई समावेश गर्ने भन्ने छ अरे । तर, हुने नहुने निश्चित छैन् । यदि भयो भने आपूmलाई अब्बल सावित गरेर टिममा छनोट हुने कोसिस गर्नेछु,” उनले थपिन्, “यदि भएन भने भलिबल खेल्नेबारे केही योजना बन्ने छैनन् । भलिबल करीअर यही समाप्त गर्नेछु”।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro