site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मितिनीलाई तीजमा नचाउँदै गायिका इन्दिरा भट्टराई

काठमाडौं । तीजको छेको पारेर गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन् । तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्युजिक भिडियो सार्वजनिक भएको हो ।

‘नाचौँ मितिनी’ मा वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक भाव नहराउने गरी आधुनिक शैलीमा गीत प्रस्तुत गरेको बताएकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतमा आम महिलाहरु आपसमा एकताको सूत्रमा बाँधिनुपर्ने सन्देश दिन खोजिएको छ । गीत सार्वजनिक कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत–संगीतको फरक बाटोमा गएको टिप्पणी गर्दै संगीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नु पर्ने बताइन् । 

कलाकार सम्झना बुढाथोकीले गीतको म्युजिक भिडियो निर्देशन गरेकी छिन् । कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १४:५१
प्रतिक्रिया दिनुहोस्