
काठमाडौं । ‘मिस ग्राण्ड इन्टरनेसनल– २०१९’का भेनेजुएलामा हुने भएको छ । बलिक्लब गु्रपले बलिउड सोडाउन कम्पनीमार्फत नेपालमा पहिलोपटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो ।
शुक्रबार राजधानीमा एककार्यक्रमको आयोजना गर्दै सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुला भएको जनाएको छ । प्रतियोगितामा १७ वर्षदेखि २७ वर्षसम्मका न्यूनतम ५ फिट ५ इन्च उचाई भएका नेपाली युवतीलेमात्र सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताको लागि धरान, धनगढी, चितवन, पोखरा, काठमाडौं लगायत स्थानबाट अडिसनमार्फत २५ प्रतियोगी छानिनेछ ।
प्रतियोगितामा सहभागी हुन शुल्क नलाग्ने कार्यक्रममा आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका लागि आवेदन फाराम अनलाइन -www.missgrandnepal.com_मार्फत भर्न सकिने इप्लानेट प्राइभेट लिमिटेडका अध्यक्ष सन्तोस सापकोटाले बताए ।