
काठमाडौं । नेपालको मौलिक गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’को मुख्य प्रायोजकको रुपमा आईएमई रहने भएको छ ।
आईएमई र ‘नेपाल लोक स्टार’बीच सम्झौता भएको छ । दुई सिजनका लागि सम्झौता गरिएको आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । सम्झौतासँगै अब ‘शो’को नाम ‘आईएमई नेपाल लोक स्टार’ भएको छ ।
असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपी वान एचडीबाट कार्यक्रम प्रशारण हुनेछ ।
‘शो’को निर्णायकका रुपमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल रहेका छन् ।
विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
तस्बिरः सौजन्य सहदेव कोइराला