site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
'मिसेस् नेपाल ग्ल्याम'को टाइटल मिनुलाई

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम–२०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि उचालेकी हुन् । 

प्रतियोगितामा सोनिका कार्की फष्ट रनरअप हुँदा प्रज्ञा श्रेष्ठ सेकेन्ड रनरअप भइन् । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सोनिकाले बेष्ट र्याम्प वाक र मोष्ट ट्यालेन्ट उपाधिसमेत हात पार्द प्रज्ञा फेसबुक च्वाईस र युट्युव मोष्टम्युज विजेता बनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अञ्जु खड्का राई बेस्ट पर्सनालिटी उपाधिसहित थर्ड रनर अप भइन् । 

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले आयोजना गरिएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले जनाएको छ । 

निर्णायकमा अभिनेता रमेश बूढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवाल, संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १५:११
प्रतिक्रिया दिनुहोस्