site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रेमगीत–३’मा राजेश हमालदेखि प्रदीप खड्कासम्म अभिनेता, अभिनेत्री को ?

काठमाडौं । चलचित्र ‘प्रेमगीत–३’का लागि मुख्य कलाकार छनोटको काम चलिरहेको छ । मुख्य अभिनेत्रीका लागि निर्माण पक्षले अडिसन लिएर उत्कृष्ठ २५ छनोट गरिरहेका बेला पुरुष पात्र भने छनोट गरिसकेको छ । केही दिनमै अभिनेत्रीको पनि छनोट र घोषणा गरिने निर्माण पक्षले जनाएको छ । 

निर्माण पक्षकाअनुसार चलचित्र ‘प्रेम गीत–३’मा राजेश हमाल पनि अभिनेताका रुपमा रहने छन् । हमाल चलचित्र ‘सकुन्तला’ यता सेतो पर्दामा देखिएका छैनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको  चलचित्रमा नव नायकका रुपमा मनिष राउतले डेब्यू गर्दैछन् । राउत फिल्म कलेजका विद्यार्थी हुन् । उनी कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरिरहेका छन् । निर्माण पक्षले केही दिन अगाडि उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ ।  पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन् । 

छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्न लागेको चलचित्रमा सन्तोष सेन स्वयम् पनि अभिनय गर्दैछन् । निर्मातासमेत रहेका सेन खलपात्रका रुपमा प्रस्तुत हुँदैछन् । 

चलचित्रको सिरिज–१ देखि नै रहेका प्रदीप खड्का सिरिज–३मा पनि मुख्य भूमिकामा देखिनेछन् । 

प्रेम गिरी, पुस्कर कार्कीको पनि अभिनय रहने ‘प्रेमगीत ३’ चैत २८ गते प्रदर्शनमा आउने छ । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १५:२८
प्रतिक्रिया दिनुहोस्