
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनोट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरेको अडिसनमा ८० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी छन् ।
गायनमा ९५ र नृत्यमा १५५ गरी जम्मा २५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले बताए । पहिलो अडिसनबाट १६५ जना छनोट भएका छन । नृत्यतर्फ ९६ र गायनतर्फबाट ६५ जना छनोट भई क्वाटरफाइनलमा पुगेका छन । यसको स्पर्धा असार १३ गते हुनेछ ।
पहिलो अडिसनमा सोचेभन्दा राम्रो संख्यामा प्रतियोगिहरूले भाग लिएको बताइएको छ । विद्यार्थीहरूको अन्तरनिहीत क्षमतलाई उजागर गर्न कक्षा १० सम्मका विद्यार्थी प्रतियोगितामा सहभागी छन् । स्पर्धीले तीन चरणको अडिसन राउण्ड पूरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुबै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनोट हुनेछन् । फाइलनमा १०÷१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफी प्राप्त गर्नेछन् ।
अन्य उपविजेता हुने ९ जना प्रतियोगिले ट्रफी तथा पुरस्कार पाउने अध्यक्ष राईले जानकारी दिए । फाइनल आउँदो साउन २४ गते विराटनगरमा हुनेछ । एकल नृत्यतर्फको प्राविधिक संयोजक निश्चल मगर र गायनतर्फको प्राविधिक संयोजक सुमन श्रेष्ठ छन् । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सीप र संस्कारसहित प्रविधिमैत्री शिक्षामा अहिलेको आवश्यकता भएकोमा जोड दिएका छन् ।