site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्रष्टा दीक्षित, रेग्मी र मानन्धर सम्मानित

काठमाडौं । बुद्धि–रेशम स्मृति स्रष्टा सम्मानबाट नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरू वैदिक साहित्यकार मदनमणि दीक्षित, कवि मदन रेग्मी तथा चित्रकार किरण मानन्धर सम्मानित भए ।

राजधानीमा शुक्रबार जलरिका साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले तीनै स्रष्टालाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्रष्टाहरूलाई प्रतिष्ठानका संरक्षक कवि द्वारिका श्रेष्ठले नगद राशी जनही रु. एक एक लाख प्रदान गरे ।

कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले जलरिका साहित्य प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गर्दै सम्मानित स्रष्टाहरूका बारेमा बोलेका थिए ।

साहित्यकार अभि सुवेदीले सम्मानित तीन जना स्रष्टाहरूको संक्षिप्त परिचय प्रस्तुत गरे । 

प्रतिष्ठानका अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित स्रष्टा मदनमणि दीक्षितको मन्तव्य कथाकार रोशन थापाले वाचन गरेर सुनाए भने मदन रेग्मी तथा किरण मानन्धरले पनि आफ्नो भावना व्यक्त गरेका थिए । कार्यक्रममा निष्ठा श्रेष्ठले स्वागत गरेकी थिइन ।
    
 

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १६:३९
प्रतिक्रिया दिनुहोस्