site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दीपकराज गिरीले भने– दर्शक कहाँबाट ल्याउने ?

काठमाडौं । बुधबार अपरान्ह चलचित्र निर्देशक प्रदीप भट्टराई र निर्माता तथा कलाकार रविन्द्रसिंह बाँनियाले एकैपटक फेसबुमा लेखे– आफ्नो ब्यापार ब्याबसाय हो । आफू  खुसी गर्न पाइएला  । तर ब्यबसायिक धर्म भन्ने पनि त हुन्छ होला । हामीले जती डिजर्भ गर्छौं त्यत्ती मागेका हौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत माहान भनेको पनि देखियो । हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मन खुसी शो राखे पनि दर्शक को मन खुस नहुँदा कुन हालत भयो, देखेकै हो । हल कब्जा गरेर एक दिन होला तर हल कब्जा त दर्शकले गर्नु पर्ने होला ! मेरिट अनुसार पाउनु पर्ने शो नपाए पनि हामीले पाउनु पर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौं ।  अन्तिम सत्य दर्शक नै हुन् । आज टिकट नपाउनु हुने दर्शक प्रति क्षमा चाहन्छौं । हेर्न बाकी हुनु हुने आदरणीय दर्शक ज्यूहरुले आफ्नो समय अनुकुल बाँकी रहेको शो हेर्नु होला । तपाईहरुको मायाको लागि आभारी छौं । 

प्रदीप भट्टराईको पोस्टमा कलाकार, निर्माता तथा निर्देशसमेत रहेक दीपकराज गिरीले कमेन्ट गरे–  एक्लो आवाज कसैले सुन्दैन यहाँ । मैले पनि पोहोर धेरै चिच्चाएँ कसैले सुनेन । जय ‘जात्रै जात्रा’ । 
प्रसंग चलचित्र आफ्नो चलचित्र हाउसफूल भइरहेका बेला ‘शो’ कटाएर हिन्दी चलचित्र ‘भारत’लाई दिइएको भन्दै ‘जात्रै जात्रा’का निर्देशक भट्टराई र कार्यकारी निर्माता बानियाँले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेपछिको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार भट्टराईको फेसबुक स्टाटसमा कमेन्ट गरेका दीपकराजले आज स्टाटस पोस्ट गरे– अदालतको आदेशले, हलहरूको कृपाले, वितरकहरूको तिकड़मले फिल्मले हल त कब्जा गर्ला तर दर्शक कहाँबाट ल्याउने ?

शुक्रबारभन्दा अगाडि कुनै पनि भाषाका विदेशी चलचित्र प्रदर्शन गर्न नदिने चलचित्र विकास बोर्डले अडान राखेपछि वितरकले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले फैसला गर्दै स्वतन्त्र व्यवसायमा हस्तक्षेप नगर्न बोर्डलाई आदेश दिएको थियो । अदालतको आदेशसँगै हिन्दी कथानक चलचित्र ‘भारत’ भारतमा रिलज भएकै दिन बुधबार नेपालमा पनि रिलिज भएको थियो । सोही निर्णय र हलमा दर्शक पाइरहेका बेला चलचित्र ‘जात्रै जात्रा’को ‘शो’ खोसेर ‘भारत’लाई दिएको भन्दै दीपकराजले असन्तुष्टि जनाएका हुन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १३:४६
प्रतिक्रिया दिनुहोस्