site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यस्तो बन्यो ‘जाइरा’को टिजर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । ०७६ भदौ ६ गतेका लापग रिलिज डेट लिएको चलचित्र ‘जाइरा’ले टिजर सार्वजनिक गरिएको हो । 

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । नमैतासँगै ‘जाइरा’मा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ लगायत कलाकारको अभिनय छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

“यो फिल्म एउटा मार्सल आर्टिस्टको बदलाको कथामा बनेको छ । मार्शल आर्टिष्ट जस्तो देखिनको लागि मैले धेरै नै मेहनत गर्नुपर्यो,” नम्रताले भनिन्, “शरीरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल पनि काटेकी थिएँ ।”

निर्देशक आशुतोष राज श्रेष्ठले एक्सन चलचित्रमा काम गर्ने इच्छा ‘जाइरा’ले पूरा गरेको बताए । उनले भने, “दर्शकलाई निराश बनाउन हुँदैन भन्ने मान्यतका साथ मैले अधिक मेहनत गरेर चलचित्र तयार गरेको छु ।”

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १६:२३
प्रतिक्रिया दिनुहोस्