साहित्य

काठमाडौं । न्युरो सर्जन डा. यमबहादुर रोकाको अंग्रेजी कविता संग्रह (हन्ड्रेट एट पोइम) सार्वजनिक गरिएको छ । आमा मीनकुमारी रोकाले लेखन कुञ्जमा एक कार्यक्रमबीच कृतिको विमोचन गरेकी हुन् ।
उक्त कृतिमा सामाजिक राजनीतिक र मानवीय भावनासँग जोडिएका कविताहरु समेटिएका छन् । सानै उमेर देखि कविता लेख्दै आएका डा. रोकाले पुस्तक विक्रीबाट प्राप्त रोयल्टी बाग्लुङ्गको बलेवास्थित आफनै बुवा क्याप्टेन पदमबहादुर रोकाले स्थापना गरेको चौडिला प्राथमिक विद्यालयलाई प्रदान गर्ने बताए ।
न्युरो सम्बन्धी जटिल रोगहरुको सफल सर्जनको रुपमा स्थापित डाक्टर रोकाले १०८ ओटा कविता रचना गरेको बताए । पिस बुक पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य ३९९ रुपैयाँ छ ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६ १४:३८
प्रतिक्रिया दिनुहोस्