site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
छिन्नलता गीत पुरस्कार: बुद्धवीर लामादेखि प्रकाश सपूतसम्मलाई 

काठमाडौं । ‘छिन्नलता गीत पुरस्कार–२०७५’ घोषणा गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीको जुरीले पुरस्कार प्रदान गरिने श्रष्टाहरु चयन गर्दै सार्वजनिक गरेको छ ।

गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेललाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गायनतर्फ यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुतलाई ‘छिन्नलता गीत पुरस्कार–२०७५’ प्रखान गरिने भएको छ । 

छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने गुठीले जनाएको छ । 

गीत, सङ्गीत, विशेष सम्मानको नगद ५० हजार र युवा नवप्रतिभाको ४० हजार रुपैयाँसहित सम्मानपत्र छ । पुरस्कार आउँदो असारमा प्रदान गरिने छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ११:०५
प्रतिक्रिया दिनुहोस्