site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘सारेगमपा लिटल च्याम्प्स’मा उत्कृष्ठ ६ का लागि भिड्दै आयुष र प्रितम

काठमाडौं । भारतको टेलिभिजन च्यानल जीटीभीको बाल रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को सन् २०१९को संस्करणमा सहभागि नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्य आज र भोली उत्कृष्ठ छ का लागि भिड्दैछन् । 

रेकर्डेड उक्त कार्यक्रममा आयुष र प्रितमको प्रस्तुतीलाई कार्यक्रमका जज र जुरीहरूले मन पराएका सार्वजनिक प्रोमोमा देपखएको छ । उत्कृष्ठ ६ का लागि हुने यो प्रतिस्पर्धा सेमिफाइनल भिडन्त पनि हो । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै आयुष र प्रितम उत्कृष्ठ ६ को  प्रतिस्पर्धासम्म आइपुगेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो । सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार तीनवटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टु’ को लागि दिल्ली बोलाइएको थियो ।

दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु आठ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा छनोट भएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउन्ड’ र ‘मेगा अडिसन’ राउन्ड हुँदै उनीहरू टप ११, टप ९ मा पर्न सफल भएका हुन् ।

नेपालमै दुई वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत आयुष सानैबाट संगीतमा रुची राख्थे । 

उनले संगीत सिक्न थालेको ५ वर्ष भयो । आयुषलाई गायक तथा संगीतकार अमृत क्षेत्रीले सुरशाला म्यूजिक एकेडेमीमा संगीत सिकाएका हुन् । जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराइसकेका छन् ।
प्रितम आचार्य इटहरीका अर्का नेपाली बालप्रतिभा हुन् । उनी ६ महिना देखी मुम्बईमा नै छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ०८:५०
प्रतिक्रिया दिनुहोस्