site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आयुष र प्रितम सारेगमपा लिटिल च्याम्प्सको अन्तिम ६ का लागि भिड्दै

काठमाडौं । भारतको प्रतिष्ठित टेलिभिजन च्यानल जी टीभिको बाल रियालिटि शो सारेगमा लिटिल च्याम्प्सको सन् २०१९को संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्यको भोलि र पर्सि (शनिबार र आइतबार) प्रसारण हुने प्रस्तुतिलाई कार्यक्रमका जज र जुरीले मन पराएका छन् । प्रतियोगिातमा उनीहरु उत्कृष्ट ६ का लागि भिड्दैछन् । यो उनीहरुको सेमिफाइनल भिडन्त हो । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभाहरूलाई उछिन्दै उनीहरू यस चरणमा पुगेका हुन्।

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत आयुश केसी सानैबाट संगीतमा रुची राख्ने गरेको हाल भारतको मुम्बइमा रहेका उनका बुवा रामकृष्ण केसीले  बताए। उनले संगीत सिक्न थालेको ५ वर्ष भयो। आयुषलाई  सुरशाला म्युजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन्। यस रियालिटी कार्यक्रममा इटहरीका अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन् । उनी त्यहाँको विश्व आदर्श स्कुलमा अध्ययनरत छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सारेगमपाले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत् भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्युजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टु’ को लागि दिल्ली बोलाइएको थियो ।

दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा छानिएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुँदै उनीहरू टप ११, टप ९ (सेमिफाइनल) मा पर्न सफल भएका हुन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १८:१०
प्रतिक्रिया दिनुहोस्