site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुविधासम्पन्न छायांकन स्टुडियो निर्माण गरिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले चलचित्र छायांकनका लागि सुविधा सम्पन्न छायांकन स्टुडियो निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७६¬¬–७७ को वार्षिक आयब्यय (बजेट)मा सरकारले काठमाडौंमा सुविधा सम्पन्न छायांकन स्टुडियो निर्माण गर्ने उल्लेख गरेको छ । 
बुधबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवाडाले नेपालसँगै विदेशी चलचित्र पनि छायांकन गर्न सकिने छायांकन स्टुडियो निर्माणको योजना अघि सारेका हुन् । 
दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गरिरहेको सरकारले काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको स्टुडियो निर्माण गर्न लागेको हो ।
नेपाली चलचित्रले आधा सताब्दीभन्दा लामो इतिहास बोके पनि नेपालमा सुविधा सम्पन्न स्टुडियो छैनन् । बालाजुमा  एनएफडीसी र बुढानिलकण्ठमा मह जोडीको मह स्टुडियो भए पनि ती स्टुडियो सुविधा सम्पन्न नभएको चलचित्रकर्मीहरुले गुनासो गर्दै आएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १८:१३
प्रतिक्रिया दिनुहोस्