site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युनिका र समिर एसईई मोडल हन्ट

 काठमाडौं । ‘एसईई मोडल हन्ट–२०१९’को विजेता युनिका पाठक र समिर तामाङ भएका छन् । युनिका फोटो जेनिक र मिस पपुलर उपाधि सहित छात्रातर्फ तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिससहित छात्रतर्फको विजेता घोषित भएका हुन् । 

युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि हात पारेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार अबेर साँझ सम्पन्न प्रतियोगितामा छात्रातर्फ एलिसा पौडेल र अन्जिता छन्त्याल क्रमशः फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित भए । छात्रतर्फ अटिट महर्जन र आर्यमान राजभण्डारी क्रमशः फष्ट रनर अप र सेकेन्ड रनर अप भए । 

प्रतियोगीतामा अभिनेता अनुप बिक्रम शाही, मोडल रोमल शाही, म्यानहन्ट इन्टरनेसनल–२०१८ विजेता धुर्व बुढाथोकी, फेसन कोरियोग्राफर सञ्जय रौनियार निर्णायक रहेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १७:१०
प्रतिक्रिया दिनुहोस्