साहित्य

काठमाडौं । सरिता प्रजापती र अनिश श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । देश भक्ति भावको ‘बरै’ बोलको गीत प्रजापती र श्रेष्ठले युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
डा. राजुवावु श्रेष्ठको शब्द रचना रहेको गीतमा संगीत अनिश श्रेष्ठले भरेका छन् ।
दीप सिंहले निर्देशन गरेको भिडियोमा सुभास भट्ट, मन थापा, कोशिष राई, अर्जुन थापा, पुनम श्रेष्ठ, सेल्भिक सुर्खेती र इरा महर्जन फिचर्ड छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६ १६:३९
प्रतिक्रिया दिनुहोस्