site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोपा अमेरिका फुटबल प्रतियोगिता (जानकारी )

एजेन्सी । कोपा अमेरिका विश्व फुटबल जगतमा एउटा प्रतिष्ठित फुटबल प्रतियोगिता हो । कोपा अमेरिका आगामी जुन १४ तारिखबाट ब्राजिलमा सञ्चानल हुँदैछ । दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको यो ४६ औं संस्करणको हो ।

प्रतियोगितामा विभिन्न १२ देशका टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टोली रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले बोलिभियासँग प्रतिस्पर्धा गर्दैछ । 

खेल जुन १४ तारिखमा हुनेछ । साविक विजेता टोली चिलीले उरुग्वे प्रतिस्पर्धी पाएको छ । सोही समूहमा दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भनिने जापानसमेत रहेको छ । पछिल्ला संस्करणको उपविजेता टोली अर्जेन्टिनाले कोलम्बिया प्रतिस्पर्धी पाएको छ । सो समूहमा पराग्वे पनि छ । अर्को समूहमा प्रतियोगिता आयोजक देश ब्राजिल छ । उसले आफ्नो समूहमा पेरु प्रतिस्पर्धी पाएको छ । 

प्रतियोगितामा सहभागी टिम र समूह 

समूह ‘ए’ : ब्राजिल (आयोजक), पेरु, भेनेज्वेला, बोलिभिया
समूह ‘बी’ : अर्जेन्टिना (साविक उपविजेता), कोलम्बिया, पराग्वे, कतार (आगन्तुक)
समूह ‘सी’ : उरुग्वे, चिली (साविक विजेता), जापान (आगन्तुक), इक्वेडर

कहिलेबाट हुनेछन् खेलहरू ?

कोपा अमेरिका-२०१९ आगामी जुन १४ बाट सुरू हुनेछ । सो दिनबाट समूह चरणका खेल सुरु भएर जुन २४ सम्म चल्‍नेछन् । त्यसपछि नकआउट चरणका खेल भने जुन २६ बाट सुरू हुनेछन् । प्रतियोगिता ब्राजिलका विभिन्न पाँच सहरमा आयोजना हुनेछ ।

खेल तालिका :

समूह चरणका खेलहरू - जुन १४ देखि जुन २३ सम्म
क्वार्टरफाइनलका खेलहरू - जुन २६ देखि जुन २९ सम्म
सेमिफाइनलका खेलहरू - जुलाई २ देखि जुलाई ३ सम्म
तेस्रो स्थानका लागि हुने खेल - जुलाई ८ मा
फाइनल खेल  - जुलाई ९ मा

आगन्तुक टोली जापान र कतारको प्रवेश

आगन्तुक टोली जापान र कतारको प्रवेश कोपा अमेरिका महादेशस्तरीय प्रतियोगिता भएकाले यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई मात्र समावेश गरिएको थियो । साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्ने कोपा अमेरिकामा यो सिजन नयाँ दुई देशले पनि सहभागिता जनाउन पाए । यो दक्षिण अमेरिकी क्षेत्रको फुटबलको सर्वोच्च कोन्मेबोलमा विभिन्न १० देश आवद्ध छन् । प्रतियोगितामा १० देशले सहभागिता जनाउँछन् ।

तर, यसपटक भने आयोजकले यसअघि दक्षिण अमेरिकी क्षेत्रबाहिरका अन्य ६ देशलाई अतिथि देशका रूपमा बोलाउने निर्णय गरे पनि पछि बदल्यो । आयोजकले २०१८ को मार्च १६ मा एसियन क्षेत्रबाट र उत्तरी अमेरिकी क्षेत्रबाट ३-३ देश गरी ६ देशलाई आगन्तुक देशका रूपमा बोलाउने निर्णय गरेको थियो ।

पछि २०१८ को अफ्रिल १२ मा उसले २०२२ को विश्वकप आयोजक देशको हैसियतमा कतारलाई पाहुना टोलीका रूपमा बोलाउने निर्णय गर्‍यो । जसमा कतारले पनि सो प्रस्ताव स्वीकार गरेको थियो । मेक्सिकोले सन् १९९३ देखि यता विभिन्न १० संस्करणमा कोपा अमेरिका खेलेको छ । त्यसैगरी, अमेरिकाले पनि यो प्रतियोगिता चारपटक खेलिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro