site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रकाश सपूतको ‘गलबन्दी’ ट्रेन्डिङमा 

काठमाडौं । गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्ड्रिङमा दुई नम्बरमा आइपुगेको छ । गत वर्ष रिलिज भएको गीत ‘बोल माया’सँग जोडेर निकालिएको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्डिङमा आइपुगेको हो ।

एक नम्बरमा हिन्दी चलचित्र छ भने तीन नम्बरमा नेपाली चलचित्र ‘२ रुपैयाँ’ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘गलबन्दी’मा प्रकाशलाई स्वरमा शान्ती श्री परियारले साथ दिएकी छिन् । गीतका शब्द तथा संगीत प्रकाश स्वयम्को छ ।  

गीतको भिडियोमा प्रकाशसँगै ‘बोल माया’मा कै कलाकार अञ्जली अधिकारी छिन् । भिडियो निर्देशन प्रकाश आफैंले गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १३:५३
प्रतिक्रिया दिनुहोस्