site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यका नै विप्लवको सेल्टर ! गृहमन्त्रीले चुहाए गोप्य सूचना 
SkywellSkywell

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबार प्रतिनिधिसभाको बैठकमा नेत्रविक्रम चन्द  विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको खुलासा गरे । यतिमात्रै होइन, गृहमन्त्री थापाले विप्लव समूहले उपत्यकालाई निसाना बनाएको दाबीसमेत गरे । आइतबार काठमाडौंमा भएको शृंखलाबद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्रीले भनेका थिए,‘‘उनीहरुले जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् ।’’

गृहमन्त्री थापाले संसदमा विप्लव समूहविरुद्ध सरकारले गरिरहेका कारबाहीको जानकारी दिनुपर्ने हो । तर गृहमन्त्री थापाले जनसेना निर्माण, उपत्यकानै निसानामा भएको कुरा सुरक्षा संवेदनशीलताका दृष्टिले सार्वजनिक गर्न नहुने सुरक्षा अधिकारीकै तर्क छ ।  ‘‘राज्यले त्रास फैलाउने होइन, कतिपय कुराहरु सुरक्षाको हिसाबले पनि गोप्य राख्नुपर्छ । गृहमन्त्रीले संसद्मा बोलेको कुराले सुरक्षा संयन्त्रलाई नै असर गर्छ,’’ ती अधिकारीले भने,“गृहमन्त्रीकै खुलासाबाट पनि विप्लव समूहले उपत्यकामा आफ्नो प्रभाव बढाएको संकेत दिन्छ ।”

सुरक्षा संयन्त्रको आन्तरिक विश्लेषणलाई आधार मान्ने हो भनेपनि देशका विभिन्न स्थानबाट विप्लव समूहका नेता कार्यकर्ता काठमाडौं छिरेका छन् ।

KFC Island Ad
NIC Asia

काठमाडौं भित्रिने प्रायः पूर्वजनसेनाका लडाकु र युवा–विद्यार्थी मोर्चाका बढी छन् । जिल्लामा हुँदा सुरक्षा निकायले सुराकको आधारमा सहजै चिन्ने भएकाले देशभरका प्रायःजसो नेता–कार्यकर्ताको कार्यक्षेत्र हेरफेर गरिएको छ । एक अधिकारीका अनुसार उपत्यकाका केही स्थानमा विप्लव समूहको गोप्य सेल्टर छ । जहाँ विशेष अवस्थामा ‘कोर’ समूहको भेला–बैठक हुने गर्छ । विप्लव समूहले कीर्तिपुर क्षेत्रमा रहेको एक घरमा एक वर्षअघि गोप्य रुपमा जनसरकारको कार्यालय समेत खोलेको थियो । 

Royal Enfield Island Ad

‘चार कम्पनी विप्लवका लडाकु’

गृहमन्त्री थापाले विप्लव समूहले चारवटा सेनाको कम्पनी निर्माण गरिसकेको दाबी गरेका थिए । स्रोतका अनुसार विप्लव समूहको सैन्य संरचना तत्कालीन जनमुक्ती सेनाकै ‘फर्मेसन’ र ‘कमाण्ड कन्ट्रोल’ मा छ । गृहमन्त्रीकै दाबीलाई आधार मान्ने हो भने एक कम्पनीमा २ सयदेखि २ सय ५० जनासम्मको टिम रहन्छ । 

तर विप्लव समूहका एक नेता भने चार कम्पनी लडाकु दस्ता विप्लवकै सुरक्षामा मात्रै खटिएको दाबी गर्छन् । एक कम्पनीमा कार्यालय टिमसहित चार प्लाटुन हुन्छ । कम्पनीको राजनीतिक कमिसार पार्टीको पोलिटब्युरो वा केन्द्रीय सदस्यसम्मले गर्न सक्छन् । कम्पनी कमिसारभन्दा एक तह तल्लो कम्पनी कमाण्डर, तेस्रो तह भीसी अर्थात भाइस कमाण्डर हुन्छन् । प्रत्येक तहका कमाण्डरका दुई–दुईजना अंगरक्षक रहन्छन् । कम्पनीकै एक कार्यालय टिम रहन्छ । जहाँ कमिसार, कम्पनी कमाण्डर, भीसी सदस्य रहन्छन् । कम्पनीकै मातहतमा पाँच जनाको स्वास्थ्य विभाग, १२ जनासम्मको ‘इन्टेलिजेन्स’ अर्थात सीआईटी टिम, १० देखि १५ जनाको सञ्चार विभाग हुन्छ ।

त्योबाहेक एक लजेस्टिक विभाग पनि हुन्छ । लेजेस्टिक विभागले नै खाना, हात–हतियार लगायको बन्दोबस्ती मिलाउने काम गर्ने स्रोतले जानकारी दियो । कम्पनीको मातहतमा कार्यालयबाहेक तीन प्लाटुन हुन्छ । प्लाटुन तहमा पनि कमाण्डर, सहकमाण्डर हुन्छन् । प्रायः एक प्लाटुनमा तीन सेक्सन हुन्छन् । एक सेक्सनमा १३ जनासम्मको टोली रहने स्रोतले जानकारी दियो ।

प्लाटुनको पनि आफ्नै सञ्चार हुन्छ । यसरी हेर्दा एक कम्पनीमा २ सयदेखि २ सय ५० सम्मको टोली हुन्छ । विप्लव समूहसँग केही आधुनिक र अधिकांश युद्धकालीन हतियार रहेको सुरक्षा संयन्त्रको निष्कर्ष छ । पार्टी संरचनालाई तीन भागमा विभाजन गरेको नेकपाको जनसेना प्रमुख अर्थात सैन्य जनरल हेडक्वार्टर छ । हेडक्वार्टर प्रमुख विप्लव आफैँ हुन । तत्कालीन समयमा पनि पुष्पकमल दहाल ‘प्रचण्ड’ नै जनसेनाको सर्वोच्च कमाण्डर थिए । अर्थात विप्लव पनि अहिले प्रचण्डकै तहको युद्धकालीन सैन्य कमाण्डरको हैसियतमा छन् । यस्तोमा सैन्य विभागका प्रशिक्षक–बैठकमा सर्वोच्च कमाण्डर भनेर विप्लवको तस्बीर झुण्ड्याइनेछ । 

विप्लवका गतिविधि निस्तेज पार्छौँ : प्रहरी

राजधानीमा आइतबार भएको विस्फोटमा विप्लव समूहकै चारजना नेता–कार्यकर्ताको ज्यान गयो । सोमबार गृहमन्त्री थापाले उपत्यका विप्लवको निसानामा रहेको बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी राजधानीको शान्ति सुरक्षामा कसैसँग सम्झौता नगरिने बताउँछन् । 
उनले भने,‘‘आइतबार पनि उनीहरुले अन्यत्र लैजान खोजेको विस्फोटक पदार्थको धरापमा आफैँ परे । प्रहरी हरेक कुरामा सचेत छ । राजधानीको सुरक्षामा कुनै खतरा छैन । विप्लव समूहका अवान्छित गविविधि निस्तेज पार्छौँ ।’’

गाउँ–गाउँमा विप्लवका छापामार

३० फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले देशभर नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट’ अपरेसन चलाएको छ ।

प्रहरीले आइतबारको विस्फोट र सोमबार विप्लव समूहको बन्दपछि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । तर विप्लव समूहका नेता–कार्यकर्ता भने युद्धकालीन अवस्थाकै छापामार शैलीमा दुर्गम पहाडी भेगमा देखिन थालेका छन । गतसाता मात्रै सिन्धुलीको सुनकोशी गाउँपालिकाको एक गाउँमा  ३० भन्दा बढी नेता कार्यकर्ता पुगेका थिए । उनीहरुले गाउँमै जनताको घरघरमा बाँडिएर खाना खाएको र जनताकै घरमा बास मागेर सुतेको एक स्थानीयले बताए । स्थानीयले भने, ‘‘रातको समयमा आए । खाना हामीहरुकै घरमा खाए । पार्टीको सदस्यता पनि बाँडे । कसैले लिए कसैले सदस्यता लिएनन् । उनीहरुले क्रान्तिको बाटोमा हिँडेकाले सहयोग गर्न पनि भने ।’’ 
गत महिनामात्रै विप्लव स्वयम् सिन्धुलीमा देखिएको चर्चा चलेको थियो । तर सुरक्षा संयन्त्रले भने त्यसलाई पुष्टि गर्न सकेनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro