site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मदनकृष्णलाई दीर्घ साधना सम्मान 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वरिष्ठ चलचित्रकर्मी, हास्य अभिनेता तथा सामाजिक अभियन्ता मदनकृष्ण श्रेष्ठलाई ‘रेडियो अन्नपूर्ण दीर्घ साधना सम्मान– २०७६’ समर्पण गरिएको छ । रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जद्वारा स्थापनाको पाँचौं वर्ष प्रवेशको अवसरमा मंगलबार बिहान आयोजना गरिएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले श्रेष्ठलाई नगद ५० हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरे । 

कार्यक्रममा मन्त्री बाँस्कोटाले मदनकृष्ण जनताको मनमनमा बसेको उल्लेख गरे । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले सम्मानित स्रष्टा मदनकृष्णको बारेमा बताउँदै उनको नाट्यकर्म, चलचित्रकर्म, समाजसेवामा मात्रै योगदान नभएर नेपाली भाषा साहित्यमा पनि अतुलनीय योगदान रहेको बताए । 

अन्नपूर्ण मिडिया समूहका अध्यक्ष रामेश्वर थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सम्मानित व्यक्तित्व मदनकृष्ण श्रेष्ठ, अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापा, रेडियोका स्टेशन प्रमुख ठाकुर बेलबासे, दयाराम घिमिरेलगायतले बोलेका थिए । सोही अवसरमा मदनकृष्ण श्रेष्ठले आफूले प्राप्त गरेको नगद राशि मानव सेवा आश्रमलाई प्रदान गरे ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १२:५४
प्रतिक्रिया दिनुहोस्