site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
६५ वर्षीय ठगेन्द्रले निकाले पहिलो कविता संग्रह 

    काठमाडौं । सोलुखुम्बु नेचासल्यानका ६५ वर्षीय ठगेन्द्र कुमार जमरकट्टेलले 'समर्पण' नामक पहिलो कविता संग्रह ल्याएका छन् । विभिन्न पत्रपत्रिका तथा स्मारिकामा कविता, लेख रचना प्रकाशित भए पनि संग्रहको रुपमा भने यो उनको पहिलो कृति हो । उमेरका हिसाबले सात दशकको उत्तरार्धमा रहेका उनले जिवनको धेरै समय सामाजिक तथा धार्मिक क्षेत्रमा बिताएका छन् ।

हाल विश्व हिन्दु महासंघ सोलुखुम्बु जिल्लाको अध्यक्ष समेत रहेका जमरकट्टेलको समर्पण नामक कविता संग्रहमा विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको सातौ‌ महाधिवेशन तथा बृहत धार्मिक भेलाको अवसरमा कार्यक्रमकी प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले गरेकी थिइन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमोचित कविता संग्रहमा जमरकट्टेलले विभिन्न समय र सन्दर्भमा लेखेका २८ वटा कविता संग्रहित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. देवि नेपालले संग्रहको भूमिका तथा साहित्यकार पूर्व मन्त्री डा. राम चन्द्र अधिकारी, डा रेनुका थापा सोलु, डा भिम खतिवडा, प्रा. डा. शम्भु प्रसाद जमरकट्टेल, उप प्रा डा पुष्पलाल न्यौपानेले संग्रहको समिक्षा तथा शुभकामना दिएका थिए ।  

संग्रह विमोचनमा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेनले जमरकटेलको परिपक्व उमेरमा सृजना गरिएका कविता सारा नेपालीहरुको लागि प्रेरणाको स्रोत र उपदेशको सङ्गालो भएको हुनाले यो कविता संग्रहले नेपाली कविता साहित्यको क्षेत्रमा एउटा दरिलो सिँढी थप्ने काम गरेको वताउदै, हरेक मान्छेमा साहित्य लुकेको हुनाले त्यसलाई प्रस्फुटन गर्न सक्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १४:५०
प्रतिक्रिया दिनुहोस्