
काठमाडौं । मनोहरा साहित्य समाज, काठमाडौंले हरेक महिनाको दोस्रो शनिबार लेखक कविहरूलाई निम्त्याएर रचना वाचन गराउँदै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै समाजले रचना वाचनको ४४औं शृङ्खला शनिबार अपरान्ह सम्पन्न गरेको छ ।
कार्यक्रममा साहित्यकार माधव काफ्लेले साहित्यकारहरूको साधनामा कमी आएमा त्यसले साहित्य गतिलो बन्न नसक्ने विचार व्यक्त गरे । युवा कवि प्रोल्लास सिन्धुलीयले वर्तमानमा सिर्जित कविताका विषयमा बोलेका थिए ।
समाजका संयोजक डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.चिरञ्जीवी रेग्मी, शीतल गिरीलगायतले बोलेका थिए । कार्यक्रममा अनुराग अरूण, ओमप्रसाद कोइराला, थरेन्द्र बराल, डिल्लीप्रसाद मूलतिहुन, गोविन्द नेपाल, प्रकाशमणि दाहाल, कृष्ण गौतम, राजबाबु श्रेष्ठ, छविरमण सिलवाल, जसध्वज गुरुङ, पुरुषोत्तम सिग्देल, गोपाल अश्क, पुरुषोत्तम ज्ञवाली, डा.खगेन्द्र शर्मा, प्रकाश बस्नेत गफाडी, घनश्याम प्रसाई, रमेश समर्थन, सुमी लोहनीलगायतले आफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए ।