site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रेमगीत–३’का लागि २५ युवती छनोट

काठमाडौं । नेपाली कथानक चलपिचत्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेमगीत–३’ मा मुख्य अभिनेत्रीका लागि गरिएको आवेदन आह्वानमा दुई हजार ७१४ युवतीले आवेदन दएका छन् । 

आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागि आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरु बाट आबेदन मागेको थियो । आवेदन दिएकाहरु मध्येबाट उत्कृष्ट २५ युवतीलाई अडिसनका लागि छनोट गरिएको छ । 

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २ हजार ७१४ जनाबाट उत्कृष्ट २५ छनोट गरेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यानमा राखेर एक जना छनोट गरिने निर्माता सन्तोष सेनले बताएका छन् । 

‘प्रेमगीत’मा प्रदीप खड्कासँग पूजा शर्माले रोमान्स गरहेकी पिथइन् भने ‘प्रेमगीत–२’मा  अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेकप् थिइन् । अब निर्माण हुन लागेको चलचित्र ‘प्रेमगीत–३’ मा नयाँ लुक्सलाई भित्राउने तयारीरहेको निर्माण पक्षले जनाएको छ । 

‘प्रेमगीत–३’ ले आगामी चैत २८ गतेका लापग अल नेपाल प्रदर्शनका लागि रिलिज डेट लिएको छ । 


प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  १६:५४
प्रतिक्रिया दिनुहोस्