साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को छायांकन शुरु भएको छ । झापाको शनिश्चरेबाट चलचित्र ‘रातो टीका निधारमा’को छायांकन शुरु गरिएको हो ।
चलचित्रमा नायिकाका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् भने उनको अपोजिटमा अंकित शर्मा छन् । अंकित अशोक शर्माका छोरा हुन् । यही चलचित्र मार्फत उनी नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् ।
चलचित्रलाई अशोक शर्माले निर्देशन गर्दैछन् ।
यसअघि उनले दसैंको फुलपातीमा रिलिज भएको चलचित्र ‘जय भोले’ १२ वर्ष पछि निर्देशन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६ १३:५०
प्रतिक्रिया दिनुहोस्