साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को टोली मोफसल यात्राका क्रममा पोखरा पुगेको छ । चलचित्र प्रचारका क्रममा निर्देशकसहित कलाकारको टोली पूर्वी नेपालको मोरङ, झापा र सुनसरी पछि कास्कीको पोखरा पुगेको हो ।
निर्देशक प्रदीप भट्टराई, चलचित्रका अभिनेता रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतको टोली आज पोखरा पुगेर दर्शकसँग भेटेर प्रतिक्रिया मागेका छन् ।
जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत मुख्य भूमिकामा छन् ।
‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६ १२:२८
प्रतिक्रिया दिनुहोस्