साहित्य

कति पानी परेको छ
झ्वार झ्वार झ्वार
हिजो पनि झ्वार झ्वार
आज पनि झ्वार ।
बाटो सबै हिलो भयो
स्कुल जान गाह्रो भयो
कतै खेल्ने चौर छैन
मकैबारी धेरै भयो ।
आज फेरि के के हुने
बिहानैदेखि पानी पर्यो
पानी पर्यो पानी पर्यो
चरा पक्षी कहॉ गयो ।
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो सञ्चारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६ १२:३३
प्रतिक्रिया दिनुहोस्