site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नोलानको एघारौँ फिल्म बन्दै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्टिभिन स्पिलबर्ग, मार्टिन स्कोर्सेज, जेम्स क्यामरुन जस्ता फिल्म निर्देशकका बीचमा रहेर आफ्नो प्रतिभा देखाउन सफल निर्देशक क्रिस्टोफर नोलानको नयाँ फिल्म बन्दै छ । फिल्मको सुटिङ कार्य चलिरहेको छ । फिल्ममा एरोन टेलर जोनसन, रोबर्ट प्याटिट्सन, जोन डेविड वासिङटन, माइकल केइनजस्ता कलाकारहरुको अभिनय रहने छ । फिल्मको नाम भने टेनेट राखिएको छ । 

सन् २०१७ को डनकिर्कपछि दुईवर्षको अन्तरालमा फिल्म बन्दैछ । नोलानले आजसम्म बनाएका फिल्ममध्ये फलोविङ्ग र इन्सोम्नियाबाहेक सबै फिल्मले निकै नै चर्चा पाएका छन् । टेनेट सन् २०२० जुलाइ १७ मा रिलिज हुुँदैछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्