site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रंगमञ्‍च नै चलचित्रमा ल्याउन खोज्दा यस्तो भयो’ 

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले रङ्गमञ्चलाई चलचित्रमा ल्याउन खोज्दा ‘दाल भात तरकारी’मा नकारात्मक प्रतिक्रिया आएको बताएका छन् । रङ्गमञ्चको जस्तै लामालामा सिन राखेर चलचित्रमा नयाँ प्रयोग गर्न खोज्दा नकारात्मक प्रतिक्रिया आएको आचार्यको भनाइ छ । 

“हामीले रङ्मञ्चमा जस्तै केही लामा सिन राखेर नयाँ प्रयोग गरेका हौं । तर छोटाछोटा सिन हेर्ने बानी परेकाले यस्ता खालका चलचित्र हेर्न हामी युजटु भइसकेका रहेनछौं,” आचार्यले बाह्रखरीसँग भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र ‘लाउड’ भएको प्रतिक्रिया आएको उनले बताए । चलचित्र ‘लाउड’ भयो भन्ने प्रतिक्रिया आए पनि दर्शकले त्यही सिन रुचाएर हलमा हाँसिरहेको आचार्यको दाबी छ । “त्यही लामो सिन हेरेर हलमा दर्शक इन्जोय लिइरहनु भएको छ । रमाइरहनु भएको छ । तर उहाँहरु नै बाहिर निष्किएर लाउड भयो भन्नुहुन्छ,” आचार्य भन्छन्, “रङ्गमञ्चको झल्को दिन खोज्दा एउटा ट्रयाकमा हिँडिरहेकोभन्दा फरक भएकाले लाउड भयो भन्ने कुरा बाहिर आयो र त्यही लाउड नै अहिले भाइरल भयो । त्यसकै केही असर परेको हो ।” सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले चलचित्रलाई केही असर गरेको तर बाहिर आए जस्तो चलचित्र नभएको उनी बताउँछन् । 

‘लाउड’ भयो भन्ने नकारात्मक प्रचार भएपनि चलचित्रले राम्रै व्यापार गरेको उनको दाबी छ । ‘इनिसियल’(सुरुआती दिन) राम्रो दर्शक पाएको र अहिले तेस्रो हप्तामा पनि ‘दाल भात तरकारी’मा राम्रै दर्शक रहेको आचार्य बताउँछन् । चलचित्र नाफामै रहेको उनले बताए । 

अब चलचित्र बनाउँदा ‘दाल भात तरकारीमा जस्तो ‘रिक्स’ नलिई अध्ययन गरेर बनाउने बताउँदै उनले केही नकारात्मक प्रतिक्रिया आउँदैमा आफूहरु चलचित्र क्षेत्रबाट नभाग्ने स्पष्ट पारे । “यो चलचित्र एभरेज भयो भन्दैमा यसबाट हामी भागेर हिँड्ने भन्ने होइन । निरन्तर लागिरहनु पर्छ,” आचार्य भन्छन्, “अब यो भन्दा राम्रो  चलचित्र बनाउन प्रयास गर्ने हो ।”

रङ्गमञ्चको कलाकारले नेपाली चलचित्रलाई उठाएको बताउँदै आचायले भने, “अहिले आफ्नो राम्रो मार्केट बनाएका अब्बल दर्जाका कलाकार दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की लगायत रङ्गमञ्चबाटै आउनु भएको हो । खारिएको कलाकार रङ्गमञ्चबाटै आउनु भएको छ । उहाँहरुले यो चलचित्र उद्योगलाई यहाँसम्म ल्याइपु¥याउनु भएको छ, तर हामीले रङ्गमञ्च नै चलचित्रमा ल्याउन खोजेकाले यस्तो भएको हो ।”

वैशाख २० गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्रमा हरिवंश आचार्य र निरुता सिंह मुख्य भूमिकामा थिए । चलचित्रमा कथा, पटकथा तथा संवाद आचार्य स्वयम्को छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्